Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

आईसीएसई र आईएससीको परिणाम घोषित, छात्राहरूको प्रदर्शन श्रेष्ठ

कोलकाता, 30 अप्रेल (हि.स.)। लामो प्रतिक्षापछि बिहीवार कान्सिल फर द इण्डियन स्कूल सर्टिफिकेट एग्जामिनेशन्सद्वारा आयोजित वर्ष 2026 को दशौं र बाह्रौं कक्षाको बोर्ड परीक्षाको परिणाम घोषित गरियो।

निर्धारित समयानुसार बिहान लगभग 11 बजे आईसीएसई (दशौं) र आईएससी (बाह्रौं) परीक्षाको परिणाम एकसाथ जारी गरियो। यस वर्ष दुवै परीक्षामा उतीर्ण प्रतिशत 99 भन्दा अधिक रहेको छ भने छात्रहरूको तुलनामा छात्राहरूको परिणाम श्रेष्ठ रहेको छ।

दशौं कक्षाको आईसीएसई परीक्षामा यस वर्ष मोठ 02 लाख 58 हजार 721 विद्यार्थीहरूले परीक्षा दिएका थिए जसमा 02 लाख 56 हजार 590 विद्यार्थी उतीर्ण भएका छन्। मोठ उतीर्ण प्रतिशत 99.18 रहेको छ। सफल विद्यार्थीहरूमा 01 लाख 36 हजार 32 छात्र औ 01 लाख 20 हजार 558 छात्राहरू सामेल छन्। यस वर्ष 02 हजार 957 वटा विद्यालयहरूमा दशौंको परीक्षा आयोजना गरिएको थियो।

यता बाह्रौं कक्षाको आईएससी परीक्षामा मोठ 01 लाख 02 हजार 414 विद्यार्थी उतीर्ण भएका छन् जसमध्ये 53 हजार 472 छात्र औ 48 हजार 942 छात्राहरू छन्। यस परीक्षाको उतीर्ण प्रतिशत 99.13 रहेको छ। बाह्रौं श्रेणीको परीक्षा 01 हजार 553 विद्यालयहरूमा आयोजना गरिएको थियो।

परिणामको आँकड़ा अनुसार दुवै परीक्षामा छात्राहरूको प्रदर्शन छात्रहरूभन्दा श्रेष्ठ रह्यो। आईसीएसई परीक्षामा छात्राहरूको उतीर्ण प्रतिशत 99.46 रह्यो भने छात्रहरूको 98.93 प्रतिशत रह्यो। यसरी नै आईएससी परीक्षामा छात्राहरूको उतीर्ण प्रतिशत 99.48 रह्यो जुन छात्रहरूभन्दा अधिक हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali