Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

आमाको हत्यारोपी पूजा मलाङ्गको कारावासमै मृत्यु

कार्बी आङ्गलोङ्ग (असम), 30 अप्रेल (हि.स.)। पश्चिम कार्बी आङ्गलोङ्ग जिल्लाको देरामुख क्षेत्रमा आफ्नै आमाको हत्या गरेको आरोपमा पक्रा परेकी 19 वर्षीय पूजा मलाङ्गको न्यायिक हिरासतमा मृत्यु भयो।

यो घटना भएदेखि नै यो मामिला धेरै चर्चित भएको थियो।

पुलिस सूत्रद्वारा आज दिइएको जानकारी अनुसार गए 29 अप्रेलको दिन हामरेन जिल्ला कारावासमा थुनिएकी पूजाको अचानक स्वास्थ्य बिग्रियो।कारावास प्रशासनद्वारा उसलाई पहिला हामरेन सिभिल अस्पताल र पछि नगाउँ जिल्ला अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।

परिवारजनको आरोप छ, पूजा मिर्गी रोगद्वारा पीड़ित थिई भने यसैले गर्दा उसको मृत्यु पनि भएको हो। तथापि पुलिसले मामिलाको जाँच गरिरहेको छ।

उल्लेखनीय छ, गत 22 अप्रेलमा देरामुखको लालुङग गाउँमा पूजा मलाङ्गले कथित रूपमा आफ्नी 42 वर्षीय आमा अनुमाई मलाङ्गको धारिलो हतियारले प्रहार गरी हत्या गरिदिएकी थिई। यस हमलामा उसका पिता प्रेमेन्द्र मलाङ्ग र बहिनी पनि घाइते भएका थिए। घटनापछि उ कथित रूपमा जङ्गलमा लुकेर बसेकी थिई जहाँबाट गत 24 अप्रेलको दिन उसलाई पक्राउ गरिएको थियो।

घटनापछि क्षेत्रको माहोल तनाउपूर्ण भएको छ। स्थानीय ग्रामीणहरूले पूजाको अन्तिम संस्कार गर्नदेखि अस्वीकार गरेका छन्। हाल उसको शवलाई नगाउँ सिभिल अस्पतालको मोर्चरीमा राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali