Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

अब प्रताड़ितहरूको सम्मान फर्काउने पालोः शङ्कर घोष

सिलगढ़ी, 06 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउमा भारतीय जनता पार्टी (बीजेपी)-ले उत्तर बङ्गालमा उत्कृष्ट प्रदर्शन गर्दै तृणमूल कङ्ग्रेसलाई लगभग सिद्ध्याइदिएको छ। सिलगढ़ी विधानसभा सीटबाट बीजेपी उम्मेद्वार शङ्कर घोषले फेरि एकपटक जीत हासिल गरेका छन्।

राज्यमा भारी बहुमत लिएर सरकार बनाउने मार्गमा अग्रसर बीजेपीलाई लिएर अब यो प्रश्न उठिरहेको छ, के उसले सिलगढ़ी नगरनिगममा पनि कब्जा गर्छ? तथापि यस मुद्दामा शङ्कर घोषले स्पष्ट पारे, उनी व्यक्तिगत रूपमा यस्तो चाहँदैनन्।

"हिन्दुस्थान समाचार"- सित बातचित गर्दै शङ्कर घोषले भने, "हामी अत्यन्त दबाव तथा कठिन परिस्थितिमा काम गरिरहेका थियौं। हाम्रो जीतको पछाड़ि धेरै जना मानिसहरूको बलिदान छ। धेरै जना बेघर भए, केही महिलाहरूमाथि अत्याचार भयो। यो जीत ती सबै मानिसहरूको हो र उनीहरूको सम्मान फर्काउने जिम्मेवारी हाम्रो हो। हामी जनताका आशाहरूमा खरो उत्रिने चेष्टा गर्नेछौं।"

शङ्कर घोषले अझ भने, शहरको विकासको लागि हरसम्भव कदम उठाइनेछ विशेष पिउने पानी र नागरिक सेवाहरूमाथि ध्यान दिइनेछ। उनले यो पनि भने, विकासका मुद्दाहरूमा उनी पूर्व मेयर गौतम देव र वरिष्ठ माकपा नेता अशोक भट्टचार्यसित पनि सल्लाह लिन तयार छन्।

स्मरण गराइन्छ, शङ्कर घोषले लगातार दोस्रो पटक पनि शहरका दिग्गज नेताहरूलाई परास्त गरेर "जायन्ट किलर"- को छवि बनाएका छन्। उनले वर्ष 2021-मा माकपाका दिग्गज अशोक भट्टचार्यलाई परास्त गरे भने वर्ष 2026-मा पूर्व मन्त्री तथा सिलगढ़ीका मेयर गैतम देवलाई ठूलो अन्तरले परास्त गरे।

जीतपछि शङ्कर घोषले यस सफलतालाई आफ्नी आमा, परिवार तथा दिवङ्गत पार्टी कार्यकर्ताहरूप्रति समर्पित गरेका छन्। उनले भने, "यो लड़ाईँ कुनै व्यक्तिविरूद्ध होइन जबकि सिद्धान्तको लड़ाईँ थियो। जनताले ईभीएमको माध्यमबाट आफ्नो जवाफ दिएका छन्।"

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali