खड़गपुर, 01 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीमाथि भएको कथित हमलाको विरोधमा गए आइतवारसाँझ पश्चिम मेदिनिपुरको खड़गपुर शहरस्खित तालबगिचा क्षेत्रमा पार्टीको पक्षबाट एउटा विरोध मार्च निकालियो।
यस विरोध मार्चको नेतृत्व खड़गपुर शहरका वरिष्ठ तृणमूल नेता जहर पालले गरेका थिए। मार्चमा पार्टीका कार्यकर्ता तथा समर्थकहरूको व्यापक उपस्थिति देखियो।
प्रदर्शनकारीहरूले अभिषेक ब्यानर्जीमाथि भएको हमलाको कड़ा निन्दा गर्दै दोषीहरूमाथि कड़ा कारबाही गर्ने माग गरे। वक्ताहरूले भने, लोकतान्त्रिक राजनीतिमा हिंसाको निम्ति कुनै ठाउँ छैन। यस्तो घटनाक्रम लोकतान्त्रिक मूल्यविरूद्ध छ।
मार्चमा सामेल कार्यकर्ताहरूले अभिषेक ब्यानर्जीप्रति ऐक्यबद्धता तथा समर्थन व्यक्त गरे। तृणमूल नेताहरूले भने, पार्टीले यस किसिमको घटनाको लोकतान्त्रिक ढङ्गमा विरोध गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
