Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

अखिलेश र ममताको जनविरोधी राजनीति अब अन्तिम घड़ीमा पुगिसकेको छ: केशव प्रसाद मौर्य

खनऊ, 05 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- का वरिष्ठ नेता औ उत्तर प्रदेशका उप मुख्यमन्त्री केशव प्रसाद मौर्यले भने, राहुल गान्धी, अखिलेश यादव, ममता ब्यानर्जी तथा एमके स्टालिनको जनविरोधी राजनीति अब अन्तिम घड़ीमा पुगिसकेको छ।

भ्रमको राजनीति गर्ने समय गइसकेको छ। यसमा अब कुनै सन्देह छैन कि 'जनादेशलाई अपमानित' गर्नेहरूलाई इतिहासले माफ गर्नेछैन।

उप-मुख्यमन्त्रीले मङ्गलवार आफ्नो सोशल मीडिया एकाउन्ट एक्समा लेखे, जनता जनार्दन हुन्। उसको आदेश सर्वोपरी छ। भाजपाको सेवा, सुशासन औ विकासको जीतलाई स्वीकार नगर्नु लोकतन्त्र तथा संविधान, दुवैको अपमान हो।

केशव प्रसाद मौर्यले अझ लेख्छन्, भाजपाप्रति सपा, कङ्ग्रेस, तृणमूल कङ्ग्रेस औ डीएमकेको नीति मतिभ्रमको रहिआएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अपार मिहेनत, केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहको सधिएको तथा अचुक रणनीति एवं समर्पित कार्यकर्ताहरूको परिश्रमको परिणामस्वरूप आज भाजपा विश्वकै सबैभन्दा ठूलो पार्टी हो। अधिकांश राज्यहरूमा भाजपा र उसको गठबन्धन सरकारहरूमाथि जनताले बारम्बार आफ्नो आशीर्वाद बर्साइरहेका छन्। स्पष्ट छ, यसबाट विपक्षको निम्ति 'अस्तित्वको सङ्कट' उत्पन्न भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali