Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

अमरनाथ यात्राको लागि सुरक्षा व्यवस्थाको समीक्षा, सतर्क रहने आदेश

श्रीनगर, 30 अप्रेल(हि.स.)। अनन्तनागका वरिष्ठ पुलिस अधीक्षक आमोद अशोक नागपुरेले बिहीवार जुलाईको पहिलो सप्ताहदेखि शुरू भइरहेको वार्षिक अमरनाथ यात्राको लागि गरिरहेको सुरक्षा उपाय तथा अन्य व्यवस्थाहरको समीक्षा गरे।

नागपुरेले व्यवस्थाहरूको समीक्षा गर्न र त्यसलाई अन्तिम रूप दिनको लागि अनन्तनाग जिल्ला अन्तर्गत जिल्ला पुलिस कार्यालयमा एक उच्च स्तरीय बैठकको अध्यक्षता गरे। एकजना पुलिस प्रवक्ताले भने, बैठकमा वरिष्ठ पुलिस अधिकारीहरू तथा अन्य सम्बन्धित अधिकारीहरूले भाग लिए। प्रवकताले भने, आगामी 3 जुलाईदेखि शुरू भइरहेको अमरनाथ जी यात्रा 2026-को सुचारू तथा सुरक्षित सञ्चालनलाई सुनिश्चित गर्नको लागि सुरक्षा, यातायात प्रबन्धन, भीड़ नियन्त्रण तथा अन्य सम्बन्धित विभागहरूसित समन्वयका विभिन्न पक्षहरूमाथि विस्तृत विचार-विमर्श गरियो।

अनन्तनाग एसएसपीले सबै हितधारकहरूबीच मजबुत सुरक्षा उपाय तथा निर्बाध समन्वयलाई कायम राख्ने महत्वमाथि बल दिए। उनले अधिकारीहरूलाई सतर्क हुने, कर्मीहरूको उचित तैनाथी सुनिश्चित गर्ने तथा कुनै पनि आकस्मिक स्थितिको प्रभावकारी ढङ्गमा सामना गर्नको लागि सञ्चार प्रणालीहरूलाई मजबुत बनाउने निर्देश दिए। तिर्थ यात्रीहरूको सुरक्षा सुनिश्चित गरन अनि उनीहरूलाई यात्रा अवधिभरि सबै आवश्यक सहायता प्रदान गर्नेमाथि बिशेष ध्यान दिइयो। प्रवक्ताले भने, अधिकारीहरूलाई नियमित निरीक्षण गर्ने, संवेदनशील बिन्दुहरूलाई चिन्हित गर्ने तथा सम्भावित जोखिमहरूलाई कम गर्नको लागि सक्रिय उपाय गर्ने निर्देश दिइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali