Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

अपरेशन विश्वासः दिल्ली पुलिसले हराएका वा चोरी भएका 532 वटा मोबाइलहरू फर्काइदियो

याँ दिल्ली, 30 मई (हि.स.)। दिल्ली पुलिसको पूर्वी रेञ्जले जनताको भरोसालाई अझ मजबुत बनाउने दिशामा एक महत्वपूर्ण कदम उठाउँदै शनिवार अपरेशन विश्वास अन्तर्गत हराएका वा चोरी भएका 532 वटा मोबाइलहरूलाई त्यसका असल्ली मालिकहरूलाई सुम्पिदियो।

महाराजा अग्रसेन कलेज, न्यू अशोक नगरमा आयोजित एक कार्यक्रममा मोबाइल फेरि पाउँदा मानिसहरूको मुहारमा खुशी स्पष्ट देखियो। कतिपय मानिसहरूले पुलिसको प्रयासको प्रशंसा गर्दै यसलाई जनता अनि पुलिसबीचको विश्वासलाई बढ़ाउने पहल बताए।

पूर्वी जिल्लाका पुलिस उपायुक्त राजीव कुमारले बताए, कार्यक्रममा स्पेशल सीपी (ल एण्ड अर्डर) जोन-1 देवेश चन्द्र श्रीवास्तमुख्य अतिथिका रूपमा उपस्थित थिए। यसबाहेक उत्तर-पूर्वी जिल्लाका पुलिस उपायुक्त राहुल अलवाल, शाहदरा जिल्लाका पुलिस उपायुक्त राजेन्द्र प्रसाद मीणा, एसीपी, एसएचपी औ तीनै वटा जिल्लाका पुलिस अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए।

साइबर ठगी औ नशाको विरोधमा जागरूक गराइयो-

कार्यक्रमको शुभारम्भ साइबर जागरूकता एवं ड्रग अवेयरनेस सत्रबाट भयो। पुलिस अधिकारीहरूले मानिसहरूलाई डिजीटल अरेस्ट, ओटीपी फ्रड, जाली निवेश योजना, अनलाइन ठगी औ साइबर अपराधहरूदेखि बच्ने उपायहरू बारे बताए। साथै नशाका दुष्प्रभावहरूको बारेमा पनि जानकारी दिइयो। मानिसहरूसित अपील गरियो, कुनै पनि साइबर धोकाधड़ी भएको स्थितिमा तुरून्तै राष्ट्रिय साइबर हेल्पलाइन नम्बर 1930-मा सिकायत दर्ता गराइयोस्।

पुलिस उपायुक्त राजीव कुमारले भने, अपरेशन विश्वास दिल्ली पुलिसको जनहित, पारदर्शी पुलिसिङ्ग औ तकनिक आधारित जाँचप्रति प्रतिबद्धताको प्रतीक हो। हराएको वा चोरी भएको सम्पत्तिलाई त्यसको वास्तविक मालिकसम्म पुऱ्याउनुले पुलिसको सेवा भावनालाई दर्शाउँछ। उनले मोबाइल फोन जफत गरेकोमा तथा कार्यक्रम आयोजनामा सामेल पुलिस टीमहरूको सराहना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali