Dailyhunt
असम विधानसभा चुनाउ: जोरहाटबाट कांग्रेस सांसद गौरव गोगोई हारे, भाजपा उम्मेदवार विजयी

असम विधानसभा चुनाउ: जोरहाटबाट कांग्रेस सांसद गौरव गोगोई हारे, भाजपा उम्मेदवार विजयी

गुवाहाटी, 04 मई (हि.स.)। असम विधानसभा निर्वाचनको मतगणनामा सोमबार बिहानदेखि भारतीय जनता पार्टी (भाजपा) गठबन्धनले बनाएको अग्रता अब परिणाममा देखिन थालेको छ। १०० नम्बरको जोरहाट विधानसभा क्षेत्रमा असम प्रदेश भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस) अध्यक्ष तथा लोकसभा सांसद गौरव गोगोईलाई भाजपा उम्मेदवार एवं पूर्व विधानसभा अध्यक्ष हितेन्द्र नाथ गोस्वामीले पराजित गरेका छन्।

जोरहाटमा कुल १४ चरणमा मतगणना गरिएको थियो।

पेशाले अधिवक्ता रहेका हितेन्द्र नाथ गोस्वामीले गौरव गोगोईलाई २३,१८२ मतको अन्तरले हराए। गोस्वामीले कुल ६९,४३९ मत प्राप्त गरे भने गौरव गोगोईले ४६,२५७ मत पाए। नोटामा १,३१९ मत परेको थियो।

त्यसैगरी, असम सरकारका मन्त्री तथा भाजपा नेता डा. रनोज पेगुले धेमाजी विधानसभा क्षेत्रबाट कांग्रेस उम्मेदवार सैलेन सोनोवाललाई ३२,२२९ मतको अन्तरले पराजित गरे। डा. पेगुले कुल ८३,६४९ मत प्राप्त गरे भने सोनोवालले ५१,४२० मत पाए। नोटामा १,१९७ मत परेको थियो। धेमाजीमा कुल १७ चरणमा मतगणना गरिएको थियो।

यसका साथै, माजबाट विधानसभा क्षेत्रबाट भाजपा गठबन्धनअन्तर्गत बोडोलैंड पीपुल्स फ्रंट (बीपीएफ) का उम्मेदवार चरन बोडो विजयी भएका छन्। चरन बोडोले कुल ८४,७१८ मत प्राप्त गर्दै झारखण्ड मुक्ति मोर्चा (जेएमएम) का उम्मेदवार प्रीति रेखा बारलालाई ५५,५४६ मतको अन्तरले पराजित गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali