गुवाहाटी, 31 मई, (हि.स.)। असम विधानसभाका पूर्व अध्यक्ष विश्वजीत दैमारीको कार्यकालमा भएको कथित अनियमित नियुक्तिहरूविरूद्ध विधानसभा सचिवालयमा व्यापक प्रशासनिक कारबाही गरिएको छ। भर्ती प्रक्रियलाई लिएर समीक्षा गरिएपछि अहिलेसम्ममा 28 जना कर्मचारीहरूको सेवालाई रद्द गरिएको छ।
प्राप्त जानकारी अनुसार नियुक्तिहरूमा नियम तथा निर्धारित प्रक्रियालाई अदेखा गरिएको आरोप उठेपछि विधानसभा सचिवालयले भर्ती मामिलाको जाँच गर्न शुरू गरेको थियो। समीक्षा गर्ने क्रममा केही नियुक्तिहरूलाई नियम अनुरूप पाइएन जसको आधारमा सम्बन्धित कर्मचारीहरूलाई पदमुक्त गर्ने निर्णय लिइयो।
कारबाहीको पहिलो चरणमा गत 29 मईको दिन 12 जना कर्मचारीहरूलाई सेवादेखि मुक्त गरिएको थियो भने गए शनिवार 16 जना कर्मचारीहरूलाई यसरी नै सेवामुक्त गरियो। यसरी दुई चरणमा 28 जना कर्मचारीहरूलाई पदबाट हटाइसकिएको छ।
सूत्र अनुसार भर्ती सम्बन्धी मामिलाहरूको जाँच एवं समीक्षा प्रक्रिया अहिले पनि जारी छ। प्रशासनको भनाइ छ, नियुक्तिहरूमा पारदर्शिता, जवाफदेही तथा नियमहरूको पालनलाई सुनिश्चित गर्नका लागि आवश्यक कदम उठाइँदैछ।
प्रशासनिक जगतमा यस कारबाहीलाई विधानसभा सचिवालयमा भर्ती प्रक्रियालाई अधिक पारदर्शी तथा नियमसम्मत बनाउने दिशामा एउट महत्वपूर्ण कदम मानिँदैछ। अर्कोतिर मामिलासित सम्बन्धित अन्य नियुक्तिहरूको पनि जाँच गरिँदैछ। भविष्यमा पनि यस्तो कारबाही हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
