
गुवाहाटी, 06 मई (हि.स.)। 2026 को विधानसभा चुनाउको नतिजा घोषणा भएको दुई दिनपछि असमका मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले बुधवार लोक भवनमा राज्यपाललाई भेटेर राजीनामा बुझाए। मुख्यमन्त्रीको राजीनामापछि आज राज्यमा नयाँ सरकार गठनको लागि थप प्रक्रिया शुरु भयो।
उल्लेखनीय छ कि 09 अप्रेलमा 126 सदस्यीय असम विधानसभाको लागि चुनाउ भएको थियो। मतगणना 04 मईमा भयो। भारतीय जनता पार्टी (भाजपा) ले एक्लै 82 सिट जितेर स्पष्ट बहुमत हासिल गरेको छ। एनडीएको ब्यानरमा यो चुनाउ लड़ेपनि, एनडीएका अन्य दुई सहयोगीहरू, असम गण परिषद (एजीपी) र बोडोल्याण्ड पिपुल्स फ्रन्ट (बीपीएफ) ले पनि 10-10 सिट जितेका छ। फलस्वरूप, एनडीए गठबन्धनले 126 सिटमध्ये 102 सिट जित्यो। कांग्रेस पार्टीले 19 सिट मात्र जित्यो। यसैबीच कांग्रेस गठबन्धनको राइजर पार्टीले दुई, एआईयूडीएफले दुई र तृणमूल कांग्रेस (टीएमसी) ले एक सिट जित्यो। यस पटक वाम दलहरू पूर्ण रूपमा सखाप भए। 2021 को चुनाउमा वाम दलहरूले पनि एक सिट जितेका थिए।
राजीनामा बुझाएपछि मुख्यमन्त्री डा. हिमन्त विश्व सरमाले फेसबुकमा एउटा पोस्ट साझा गर्दै भनेका छन्, आजको दिन लोकतन्त्रमा एक गौरवशाली अध्यायको साक्षी बन्यो। मैले असमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई भेटेर औपचारिक रूपमा मुख्यमन्त्रीको रूपमा मेरो राजीनामा बुझाएँ र 15औं असम विधानसभा भंग गर्न अनुरोध गरे। यो केवल एक प्रक्रिया होइन, यो जनादेशको सम्मान गर्ने दृढ़ प्रतिबद्धता हो। जनताको आशीर्वाद र विश्वास हाम्रो शक्ति हो र त्यो शक्तिले हामी नयाँ दिशामा अगाड़ी बढ़िरहेका छौं। राज्यपालले निर्देश दिएका छन् कि नयाँ सरकारले पदभार ग्रहण नगरेसम्म मैले केयर टेकर मुख्यमन्त्रीको रूपमा मेरो कर्तव्यहरू जारी राखुँ। उनको मार्गदर्शन हाम्रो मार्गदर्शक प्रकाश हुनेछ।
मुख्यमन्त्रीले भने, हामी विश्वास गर्छौं कि यो एक नयाँ अध्यायको शुरूआत हो। बलियो संकल्प, ठूलो जिम्मेवारी र विकासप्रति अटल प्रतिबद्धताका साथ हामी एनडीए-3.0 को गठनतर्फ अगाड़ी बढ़िरहेका छौं। हाम्रो लक्ष्य स्पष्ट छ: असमको लागि उज्ज्वल भविष्य।
हिन्दुस्थान समाचार / भवानी थामी

