Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

असममा जनगणनाको तयारीलाई लिएर राज्यस्तरीय सम्मेलन आयोजित

गुवाहाटी, 25 मई, (हि.स.)। जनगणना 2027 को प्रथम चरण हाउस लिस्टिङ्ग एवं हाउसिङ्ग जनगणना (एचएलओ) लाई लिएर सोमवार गुवाहाटीस्थित असम प्रशासनिक स्टाफ कलेजमा राज्यस्तरीय प्रधान जनगणना अधिकारीहरूको सम्मेलन आयोजना गरियो।

सम्मेलनको अध्यक्षता मुख्य सचिव डा. रवि कोटाले गरेका थिए।

सम्मेलनमा जानकारी गराइयो, जनगणना 2027 देशको पहिलो पूर्ण डिजीटल जनगणना हुनेछ जसलाई दुई चरणमा आयोजना गरिनेछ। असममा प्रथम चरण 17 अगस्तदेखि 15 सेप्टेम्बर, 2026 सम्म चल्नेछ भने स्व-गणनाको सुविधा 2 अगस्तदेखि उपलब्ध रहनेछ।

बैठकमा प्रशिक्षण, डिजीटल ढाँचा, पर्यवेक्षण तथा जनजागरूकता सम्बन्धि तयारीहरूको समीक्षा गरियो। राज्यभरि नै प्रथण चरणको सञ्चालनको लागि लगभग 83,535 गणनाकर्मी औ पर्यवेक्षक तैनाथ गरिनेछ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali