Dailyhunt
बंगालको प्रचण्ड जीतपछि दिल्लीको कालीबाड़ी मन्दिर पुगे भाजपा अध्यक्ष

बंगालको प्रचण्ड जीतपछि दिल्लीको कालीबाड़ी मन्दिर पुगे भाजपा अध्यक्ष

नयाँ दिल्ली, 05 मई (हि.स.)। पश्चिम बंगाल विधानसभा चुनाउमा एतिहासिक जीतपछि भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीन मंगलवार दिल्लीको सीआर पार्क स्थित कालीबाड़ी मन्दिर पुगे र पूजा-अर्चना गरे।

उनले विजयलाई जनताको विश्वास र परिवर्तनको प्रतीक बताउँदै माँ कालीको आशीर्वाद लिए। उनीसँगै बाँसुरी स्वराज र वीरेन्द्र सचदेवा लगायत धेरै नेताहरू थिए।

मिनी बंगाल भनेर चिनिने चित्तरंजन पार्कका मानिसहरूले नितिन नवीनलाई स्वागत गरे। त्यसपछि उनले शंखको ध्वनिबीच विधि विधानको साथ माँ कालीको पूजा गरे औं उनको आशीर्वाद लिए।

कालीबाड़ीमा प्रार्थनापछि मीडियासँग कुरा गर्दै भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले पश्चिम बंगाल र चुनाउ भएका सबै राज्यका जनतालाई बधाई दिए। उनले प्रधानमन्त्री मोदीको नेतृत्वमा पश्चिम बंगालको संस्कृति र सम्पदाको विकास गर्न सकिने विश्वास व्यक्त गरे। नितिन नवीनले सबै राज्यहरूमा शान्ति र समृद्धिको कामना गरे।

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali