Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

बङ्गाल विजयबाट मोदी-शाहको नेतृत्वमा भाजपाले छोयो नयाँ उचाईँः सुधिर शर्मा

र्मशाला, 05 मई (हि.स.)। धर्मशालाका विधायक सुधिर शर्माले भारतीय जनता पार्टी (भाजपा)-ले प्रचण्ड जीत हासिल गरेकोमा सबै कार्यकर्ताहरूलाई हार्दिक बधाई एवं शुभकामना दिएका छन्। उनले भने, यो विजय कार्यकर्ताहरूको अथक मिहेनत, समर्पण तथा जनसेवाको भावनाको परिणाम हो।

सुधिर शर्माले मङ्गलवार जारी एक प्रेस बयानमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह तथा भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको नेतृत्व एवं अथक प्रयासहरूको सराहना गर्दै भने, उनीहरूको नेतृत्वमा पार्टीले निरन्तर नयाँ उचाईँ छोइरहेको छ।

उनले भने, बङ्गालमा प्राप्त यो जीत भाजपाको लागि मात्र नभएर सम्पूर्ण देशको लागि गौरवको विषय हो। यो परिणामले जनताको विश्वास र सुशासनको जीतलाई दर्शाउँछ।

10 ग्यारन्टीमाथि कङ्ग्रेसलाई गरे लक्षित-

उनले प्रदेशको कङ्ग्रेस सरकारलाई लक्षित गर्दै भने, चुनाउको समयमा जनतासित गरिएका 10 ग्यारन्टीको वाचा आज पनि अधुरै छ। उनले भने, कङ्ग्रेसले सत्तामा आउनअघि ठूल्ठूलो वाचा गरेको थियो, तर अहिलेसम्म न त युवाहरूलाई रोजगार दिने वाचा पूरा गरेको छ न महिलाहरूलाई आर्थिक सशक्तिकरणसित जोड़्ने वाचालाई नै व्यवहारिक रूपमा लागू गरेको छ।

उनले भने, कर्मचारी, किसान तथा आम जनतासित जोड़िएका केही महत्वपूर्ण वाचाहरू पनि अधुरै छ। महँगी, बेरोजगारी तता विकास कार्यहरूको मन्द गतिले जनता त्रस्त भएका छन्। कङ्ग्रेस सरकारका नीतिहरूले प्रदेशलाई आर्थिक सङ्कट तर्फ धकेलिदिएको छ जसले गर्दा सर्वसाधारण जनतामाथि लगातार बोझ बढ़्दै गइरहेको छ।

शर्माले भने, प्रदेशको जनविरोधी सुखविन्दर सिंह सुक्खू सरकारबाट जनताले चाँड़ै छुटकारा पाउनेछन्। साथै धर्मशाला नगरनिगममा व्याप्त लुटपाट तथा माफियाको शासनलाई पनि जनताले लोकतान्त्रिक ढङ्गमा निमिट्यान्न पार्नेछन्। उनले विश्वास व्यक्त गरे, आगामी दिनमा प्रदेश तथा धर्मशालामा विकास, पारदर्शी र सुशासनको नयाँ शुरूआत हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali