Dailyhunt
बरगी बाँध दुर्घटना- प्रधानमन्त्रीले शोक व्यक्त गरे, मृतक परिजनहरूलाई आर्थिक मद्दतको घोषणा

बरगी बाँध दुर्घटना- प्रधानमन्त्रीले शोक व्यक्त गरे, मृतक परिजनहरूलाई आर्थिक मद्दतको घोषणा

नयाँ दिल्ली, 01 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार मध्य प्रदेशको जबलपुर स्थित बरगी बाँधमा क्रूज जहाज दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले यस दुःखद दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गरे औं घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरिएको सन्देशमा प्रधानमन्त्रीले स्थानीय प्रशासनले प्रभावितहरूलाई हर सम्भव सहयोग प्रदान गरिरहेको बताएका छन्। उनले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट दुई लाख रूपियाँ र घाइतेहरूलाई 50 हजार रूपियाँको अनुग्रह राशि दिने घोषणा गरेका छन्।

उल्लेख्य, पर्यटक सवार क्रूज जहाज बिहिवार साँझ आएको भीषण आँधीबेहरीको समय बरगी बाँधमा अचानक पल्टियो। दुर्घटनाको समय लगभग 40 देखि 45 जना सवार थिए। दुर्घटना किनारबाट लगभग 300 मिटर टाढ़ा भएको थियो। शुक्रवार बिहानसम्म 9 जनाको शव निकालिएको छ भने 24 जनालाई सुरक्षित उद्धार गरिएको छ। यसैबीच 9 जनाभन्दा बढ़ी व्यक्ति अझै पनि बेपत्ता छन् र उनीहरूको खोजी जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali