Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
भागोप्रमो टुङ सन्तमेरिज समष्टिको समीक्षा सभा सम्पन्न

भागोप्रमो टुङ सन्तमेरिज समष्टिको समीक्षा सभा सम्पन्न

खरसाङ, 06 मई (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुङ सन्तमेरिज समष्टिको समीक्षा सभा आज टुङ सार्वजनिक भवनमा सम्पन्न भयो। हालैमा सम्पन्न भएको विधानसभा चुनाउमा टुङ सन्तमेरिज समष्टिका मतदाताहरुले भागोप्रमो उम्मेदवार अमर लामाको पक्षमा मत खसालेर समष्टिलाई पहिलो स्थानमा राखेकोमा मतादाताहरूप्रति समष्टि सभापति तथा सभासद नुरी शेर्पाले कृतज्ञता प्रकट गर्दै धन्यवाद दिए।

साथै उनले समष्टिका सम्पूर्ण जनतालाई पनि शान्ति शृङ्खला बनाई राखेकोमा पनि आभार व्यक्त गरे। जनताको निर्णयलाई स्वीकार गर्दै भागोप्रमो उम्मेदवार अमर लामा पराजित भएकोमा दु:ख व्यक्त गर्दै भावी दिनमा संस्थापक अध्यक्ष अनित थापाले जुन निर्णय लिन्छ उक्त निर्णयलाई टुङ सन्तमेरिज समष्टिले स्वीकार गर्ने सभामा बताए। उनले सम्पूर्ण जनतालाई पार्टी अध्यक्षको निर्णयको प्रतिक्षामा बसिदिने सभामा आग्रह गरे।

सभालाई टुङ सन्तमेरिज समष्टि महासचिव दिपेश तामाङ, युवा शक्ति सभापति रोशन हाङ सुब्बाले विशेष सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali