Dailyhunt

भाजपा गठबन्धनले तेस्रो पटक पनि असममा सरकार बनाउनेछ: दिलीप सैकिया

गुवाहाटी, 03 मई (हि.स.)। असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकियाले विधानसभा चुनाउको मतगणना हुन एक दिनपूर्व आज ठूलो दाबी गर्दै भनेका छन्, राज्यमा भाजपा गठबन्धनले लगातार तेस्रो पटक पनि सरकार बनाउनेछ।

उनले विश्वास व्यक्त गरे, 126 सदस्यीय विधानसभामा भाजपा गठबन्धनले 100 वटा भन्दा अधिक सीट हासिल गर्नेछ। साथै उनले यो पनि दाबी गरे, भाजपा एक्लैले 80 वटाभन्दा अधिक सीटमा जीत दर्ता गर्नेछ जसले पार्टीप्रति जनताको भरोसालाई दर्शाउँछ।

विपक्षमाथि कटाक्ष गर्दै सैकियाले भने, मतगणनाको दिन बिहान लगभग 10:30 बजेसम्म विपक्षी दलले सरकार बनाउने दाबी गरिरहनेछ, तर त्यसपछि परिणाम पूर्अण रूपमा स्पष्ट हुनेछ अनि भाजपा गठबन्धनले सय वटाभन्दा अधिक सीटको साथमा सरकार बनाउँदै गरेको देखिनेछ।

मतगणना हुन ठीक अघि दिइएको यस बयानलाई राजनीतिक दृष्टिले धेरै महत्वपूर्ण मानिँदैछ, किनभने सबै दलहरूले चुनाउ परिणामको प्रतिक्षा गरिरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali