कोलकाता, 05 मई (हि.स.)। आसनसोल दक्षिण थाना अधिनस्थ बजार क्षेत्रमा गए राति भाजपा कार्यकर्ताहरूमाथि भएको कथित लट्ठीचार्जको घटनापछि पुलिसले तत्काल कारबाही गरेको छ। घटनापछि आसनसोल दक्षिण थाना प्रभारी मेष दासलाई लाइन क्लोज गरिएको छ भने साइबर थानाका प्रभारी विश्वजीत मुखर्जीलाई नयाँ प्रभारीको रूपमा नियुक्त गरिएको छ।
जानकारी अनुसार भाजपाले जीत हासिल गरेपछि कार्यकर्ताहरूले उत्साह मनाइरहेका थिए। यसै अवधि पुलिसले लट्ठीचार्ज गरेको आरोप छ जसबाट रूष्ट कार्यकर्ताहरूले दक्षिम थानाको घेराउ गरी विरोध प्रदर्शन गरे। केही समयसम्म हाँको स्थिति तनाउपूर्ण भएको थियो।
मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै उच्च अधिकारीहरूले तुरून्त हस्तक्षेप गरे अनि सम्बन्दित थाना प्रभारीविरूद्ध कारबाही गर्दै उनलाई लाआइन क्लोज गरियो। साथै कानून-व्यवस्थालाई कायम राख्नको लागि नयाँ प्रभारी नियुक्त गरिएको छ।
हाल क्षेत्रको स्थिति सामान्य रहेको बताइएको छ। तथापि यस घटनालाई लिएर राजनीतिक तथा प्रशासनिक जगतमा चर्चा तीव्र भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
