Dailyhunt

भाजपा प्रत्याशी शिखा च्याटर्जीले जीतको कामना लिएर यज्ञ गरिन्

सिलगढ़ी, 03 मई (हि.स.)। पश्चिम बङ्गाल विधानसभा चुनाउको परिणाम घोषणा हुनअघि डाबग्राम-फुलबाड़ी सीटबाट भारतीय जनता पार्टी (भाजपा) उम्मेद्वार शिखा च्याटर्जीले आइतवार विशेष यज्ञको आयोजन गरिन्।

यो धार्मिक अनुष्ठान शहरको 40 नम्बर वार्डस्थित ज्योति नगर क्षेत्रमा गरियो जसमा पार्टी कार्यकर्ता अनि समर्थकहरू सामेल भए।

यज्ञपछि शिखा च्यटर्जीले भनिन्, भोलि चुनाउ परिणाम घोषणा हुनेछ। हामीलाई विश्वास छ कि यसपालि परिवर्तन आउनेछ, यस्तै आशा बोकेर यो यज्ञ अनि प्रार्थना गरिएको हो।

उनले बताइन्, राज्यभरिकै भाजपा उम्मेद्वारहरूले परिणाम आउन्घि पूजा-पाठ औ धार्मिक अनुष्ठान आयोजना गरेर आशीर्वाद लिरहेका छन्।

उनी अनुसार जनताको समर्थन हाम्रो साथमा छ र हामीलाई सकारात्मक परिणामको आशा छ। मतगणनापूर्व यस किसिमको धार्मिक आयोजनहरूलाई लिएर राजनीतिक माहोल अझ गर्मिँदै गइरहेको देखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali