दक्षिण 24 परगना, 06 मई (हि.स.)। जिल्लाकोभाङ्गड़क्षेत्रमा विधानसभा चुनाउपछि पनि राजनीतिक तनाउ जारी छ। आईएसएफकाचेयरम्यान नौशाद सिद्दीकीले दोस्रो पटक चुनाउ जितेपछि बितेको मङ्गलवारअबेर साँझ आफ्ना समर्थक तथा कार्यकर्ताहरूसित शान्ति कायम राख्ने अपील गरेका छन्।
भनिन्छ, भाङ्गड़, क्यानिङ्गतथासोनारपुरक्षेत्रमा भाजपा अनि आईएसएफका समर्थकहरूद्वारा तृणमूल कङ्ग्रेसका कार्यालयहरूलाई कब्जा गर्नको साथै तोड़फोड़ गरेको आरोप लागेको छ।क्यानिङ्ग पूर्व सीटबाट तृणमूल उम्मेद्वार बहारूल इस्लामको जीत भए पनि जीवनतला क्षेत्रमा तृणमूल नेता शौकत मोल्लाको कार्यालय र उनको फ्यान क्लबको कार्यालयमा आईएसएफ समर्थकहरूले कब्जा गरेको आरोप छ। शौकत मोल्लाकोफोनपनि बन्द रहेको छ।
गए मङ्गलवारनिमकुड़िया गाउँमा पनि हिंसा भएको बताइन्छ। आरोप छ, तृणमूलको झण्डा नहटाएकोमा 50-60 जना आईएसएफ समर्थकहरूले हाकिम अली मोल्लाको घरमै पसेर हमला गरे। यस घटनामा हाकिम अली र उनकी पत्नी आयशा बीबीमाथि कुटपिट गरियो जसमा आयशा बीबी र उनका छोरा फरिद अली मोल्लाको शिरमा चोट लागेको छ। अर्को छोरा फिरोज मोल्लामाथि पनि धारिलो हतियारले हमला गरेको आरोप छ।
यस अतिरिक्तमङ्गलवार अबेर साँझ शाङ्क शहर र चालताबेड़ियाका केही घरहरूलाई नोक्सान पुऱ्याएको सिकायत प्राप्त भएको छ।काठालिया बस स्ट्याण्डमा पसलहरू तोड़फोड़ गर्ने प्रयास गरिरहँदा विजयगञ्ज बजार थानाको पुलिसले लट्ठीचार्ज गरेर भीड़लाई नियन्त्रण गऱ्यो।
स्मरण गराइन्छ, केही महिनाअघि यसै भाङ्गल क्षेत्रमा तृणमूल नेता रज्जाक खाँको हत्या भएको थियो भने न्यून टाउन संलग्न हाथीशाला, कुलबेड़ियार जिरानगाछामा पनि तृणमूल पार्टीका कार्यालयहरूमा कब्जा गरेको आरोप आईएसएफ समर्थकहरूमाथि लागेको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
