Dailyhunt
भारतको मुख्य न्यायाधीश र उनका प्रतिनिधिमण्डलका लागि रात्रिभोज आयोजित

भारतको मुख्य न्यायाधीश र उनका प्रतिनिधिमण्डलका लागि रात्रिभोज आयोजित

गान्तोक, 02 मई (हि.स.)। सिक्किमको दुई दिवसीय आधिकारिक भ्रमणमा रहेका भारत उच्चतम अदालतका मुख्य न्यायाधीश न्यायमूर्ति सुर्य कान्त र उनको प्रतिनिधिमण्डलका लागि शुक्रबार राति रात्रिभोजको आयोजना गरियो।

मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा आयोजित यस रात्रिभोजमा भारतका मुख्य न्यायाधीश लगायत सेशेल्सको उच्चतम अदालतका मुख्य न्यायाधीश न्यायमूर्ति रोनी जेम्स गोभिन्देन, उच्चतम अदालतका न्यायाधीशहरू, देशभरका मुख्य न्यायाधीशहरू र श्रीलङ्का सर्वोच्च अदालतका न्यायाधीश उपस्थित थिए। मुख्यमन्त्री तामाङले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुक पोस्ट मार्फत उक्त जानकारी गराएका छन्। उनले देश तथा विदेशका मुख्य न्यायाधीश र न्यायाधीशहरूसँगको फोटोसमेत साझा गरेका छन्।

मुख्यमन्त्री तामाङले प्रविधि एवं न्यायिक शिक्षा सम्बन्धी सम्मेलनको लागि सिक्किमलाई कार्यक्रम स्थलको रूपमा छनोट गरेको र यो प्रतिष्ठित जमघटको आयोजना गर्ने अवसर प्रदान गरेकोमा भारतको उच्चतम न्यायालयका न्यायाधीश न्यायमूर्तिप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

उनले यो कार्यक्रमलाई साँच्चै स्मरणीय बनाउन उपस्थिति र सहयोगका लागि सबै विशिष्ट अतिथिहरूप्रति हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन्।

उल्लेखनीय छ, भारतको उच्चतम न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति सुर्य कान्त लगायत देश अनि विदेशका मुख्य न्यायाधीश र न्यायाधीशहरू राजधानीमा आयोजना भइरहेको प्रविधि एवं न्यायिक शिक्षा सम्बन्धी दुई दिवसीय राष्ट्रिय सम्मेलनमा भाग लिन सिक्किम आएका छन्। उक्त सम्मेलनको आज दोस्रो तथा अन्तिम दिन हो।

---------------

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali