Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

भीषण पैह्रोको कारणले डोडा-किश्तवाड़ सड़कमा यातायात ठप्प

Hindusthan Samachar 0 months ago

डोडा, 02 मई (हि.स.)। पुल डोडा निकट गत्सूमा आएको भयानक पैह्रोले डोडा-किश्तवाड़ सड़कमा यातायात प्रभावित भएको छ। यातायात पुलिसका एकजना अधिकारीले बताए, पैह्रो बिहान सबेरै आएको थियो जसले गर्दा सड़क पूर्ण रूपले अवरूद्ध भएको छ।

फलस्वरूप यस महत्वपूर्ण मार्गमा वाहनहरूको आवागमन ठप्प भएको छ। अधिकारीले बताए, कर्मचारीहरू सहित मशिनहरूलाई काममा खटाइसकिइएको छ। पैह्रोले सोहोरेर ल्याएको ढुङ्गा-माटो आदिलाई हटाउने प्रयास गरिँदैछ। तथापि पैह्रोको भयावहताको कारणले यातायात बहाल हुन केही समय लाग्नसक्छ।

यात्रीहरूलाई सल्लाह दिइएको छ, जबसम्म सड़क पूर्ण रूपले सफा भएर यातायात बहाल हुँदैन तबसम्म डोडा-किश्तवाड़ सड़कमा यात्रा नगरियोस्।अधिकारीहरूले भने, स्थिति सामान्य भएपछि अग्रिम जानकारी जारी गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali