Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

बोलपुरका विधायक चन्द्रनाथ सिन्हाको घरमा फेरि पुग्यो सीआईडी

श्चिम बर्दवान, 29 मई (हि. स.)। पश्चिम बङ्गालका पूर्व मन्त्री औ बोलपुरका तृणमूल विधायक चन्द्रनाथ सिन्हाको घरमा शुक्रवार बिहान सीआईडीको टीम पुग्यो। लगातार दोस्रो दिन भएको यस कारबाहीको कारणले क्षेत्रमा राजनीतिक खैलाबैला तीव्र भएको छ।

सूत्र अनुसार विधानसभामा विपक्षका नेता चयन गर्ने प्रक्रिया अन्तर्गत विधायकहरूको हस्ताक्षरहरूको जाँच गरिँदैछ। सीआईडी यो पत्तो लगाउनमा जुटेको छ, जमा गरिएको हस्ताक्षर वास्तविक हो वा होइन। यसै सिलसिलामा अधिकारीहरूले विधायकसित जाँचबुझ गरे अनि उनको हस्ताक्षरको नमूना पनि एकत्र गरे।

यस मामिलामा प्रतिक्रिया दिँदै चन्द्रनाथ सिन्हाले भने, कोलकाताको हरिश्चन्द्र इन्स्टीट्यूटमा भएको एक बैठकमा लगभग 70 जना विधायकहरू उपस्थित थिए जहाँ सर्वसम्मतिले शोभन देव च्याटर्जीलाई विपक्षको नेता चुनिएको थियो। यसै बैठकमा सबै विधायकहरूले हस्ताक्षर गरेका थिए तथा सीआईडीले त्यसको पुष्टि गर्न पुगेका थिए।

चन्द्रनाथ सिन्हाले आरोप लगाए, विधानसभा सचिव सुरेन्द्रनाथ दासले सिकायत गरेका थिए कि केही विधायकहरू त्यस बैठकमा उपस्थित थिएनन्। यसै सिकायतको आधारमा सीआईडीले हस्ताक्षर मिलाउने काम गरिरहेको छ। उनले भने, यदि आवश्यकता भएको भए उनलाई विधानसभाबाट बोलाउन सक्थ्यो, तर यसरी घरमा आएर कारबाही गर्नु अनावश्यक उत्पीड़न हो।

यस घटनाक्रम पश्चात बोलपुर सहित सम्पूर्ण राज्यको राजनीतिमा नयाँ चर्चा शुरू भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali