Dailyhunt

बुद्ध पूर्णिमामा असमका मुख्यमन्त्रीले दिए शुभकामना

गुवाहाटी, 01 मई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुद्ध पूर्णिमाको पावन अवसरमा प्रदेशवासीहरू सहित सम्पूर्ण देशवासीहरूलाई हार्दिक शुभकामना दिँदै भगवान गौतम बुद्धका सन्देशहरूलाई आफ्नो जीवनमा अप्नाउने आह्वान गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, शान्ति, प्रेम, दया, अहिंसा एवं असीम करुणाका पवित्र उपदेशहरूबाट विश्व मानवतालाई आलोकित गर्ने महान गौतम बुद्धको जीवन र दर्शन आज पनि प्रासङ्गिक छ। उनले यस पावन अवसरमा भगवान बुद्धका श्रीचरणमा श्रद्धा एवं भक्ति अर्पण गर्दै भने, उनका आदर्शले हामीलाई सत्य, शान्ति एवं सद्भावको मार्गमा हिँड़्ने प्रेरणा दिन्छ।

उनले मानिसहरूसित आह्वान गरे, उनीहरूले भगवान बुद्धका शान्ति एवं मानवताका सिद्धान्तहरूलाई हृदयमा धारण गरी सहानुभूति, सहनशीलता तथा प्रेमबाट परिपूर्ण एक सुन्दर समाज निर्माणको लागि मिलेर अगाड़ि बढ़ुन्।

मुख्यमन्त्रीले "बुद्धं शरणं गच्छामि"- को उच्चारण गर्दै सबैको सुख, शान्ति एवं समृद्धिको कामना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali