Dailyhunt
चुनाउको परिणामपछि गोजमुमो अध्यक्ष बिमल गुरुङले महाकाल मन्दिरमा गरे पूजा अर्चना

चुनाउको परिणामपछि गोजमुमो अध्यक्ष बिमल गुरुङले महाकाल मन्दिरमा गरे पूजा अर्चना

दार्जिलिङ, 06 मई (हि.स.)। विधानसभा चुनाउको परिणामपछि गोर्खा जनमुक्ति मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष बिमल गुरुङले दार्जिलिङको महाकाल मन्दिरमा पुगेर दर्शन गरेर पूजा अर्चना गरेका छन्।

चुनाउ अघि चौरस्ता परिसरबाट गुरुङले विधानसभा चुनाउमा यदि उम्मेदवार नोमन राईले पराजय भोग्नुपरे आफू राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए। तर ४ मई, २०२६ मा भएको मतगणनामा नोमन राईको उल्लेखनीय जित भयो।

अध्यक्ष गुरुङले आज महाकाल मन्दिरको दर्शन गरेर पूजा अर्चना गरे। दार्जिलिङ विधानसभामा नोमन राईको जीतसँगै खरसाङ, कालेबुङ, तराई र डुवर्स क्षेत्रमा समेत उल्लेखनीय सफलता हासिल भएको छ। यस ऐतिहासिक उपलब्धिपछि अध्यक्ष बिमल गुरुङ र नव-निर्वाचित विधायक नमन राईले संयुक्त रूपमा महाकाल बाबाको दर्शन गर्दै सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali