
गान्तोक, 05 मई (हि.स.)। उत्तर सिक्किमको चुङथाङ लाचुङ राजमार्ग अन्तर्गत लुइटेन छेउ खुफ्याकमा भएको वाहन दुर्घटनामा वाहन चालकको मृत्यु भएको छ। दुर्घटना सोमवार बिहान घटेको हो।
पुलिस रिपोर्टका अनुसार, सोमवार बिहान चुङथाङ लाचुङ राजमार्गमा एउटा निजी स्कर्पियो वाहन दुर्घटनाग्रस्त भयो।
वाहन ग्याल्छेन लाचुङ्गपा नामक व्यक्तिले चलाइरहेका थिए। वाहन लुइटेल छेउ खुफ्याकमा सडकबाट लगभग 500 फुट तल झरेको छ। वाहन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने चालकको घटनास्थलमै मृत्यु भयो।
घटनास्थलबाट शव बरामद गरी मङ्गन जिल्ला अस्पतालमा पोस्टमार्टमको लागि पठाएको छ। घटनाको सम्बन्धमा मामिला दर्ता गरी जॉंच अगाडि बढाइएको छ।
हिन्दुस्थान समाचार / बिशाल

