Dailyhunt

दक्षिण बङ्गालमा कालबैसाखीको प्रभाव, मौसम विभागले जारी गऱ्यो अलर्ट

कोलकाता, 02 मई (हि.स.)। दक्षिण बङ्गालमा मौसमले फेरि एकपटक कोल्टे फेरेको छ। कोलकाता लगायत सम्पूर्ण क्षेत्रमा झमझम वर्षा तथा तीव्र हावाको सिलसिला जारी छ। मौसम विभागले आगामी मङ्गलवारसम्मको लागि सम्पूर्ण राज्यभरि नै अलर्ट जारी गरेको छ।

आइतवार र सोमवार दक्षिण बङ्गालका सबै जिल्लाहरूमा अरेञ्ज अलर्ट जारी गरिएको छ। यता उत्तर बङ्गालका आठ वटा जिल्लाहरूमा यल्लो अलर्ट जारी गरिएको छ। तथापि वर्षासितै तीव्र हावा चले पनि तापमनामा कुनै ठूलो परिवर्तन आउने सम्भावना छैन।

शनिवार बिहान कोलकाताको न्यूनतम तापमान 19.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा कम हो जसले गर्दा मौसम रमाइलो भएको छ।

आगामी 24 घण्टामा दक्षिण बङ्गालका सबै जिल्लाहरूमा कालबैसाखी आउने सम्भावना व्यक्त गरिएको छ। कोलकाता, हावड़ा, हुगली, पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया तथा बाँकुड़ामा हल्का वर्षासितै तीव्र हावा चल्नसक्छ।

आइतवार वर्षा अनि हावाको तीव्रता बढ़्ने अनुमान व्यक्त गरिएको छ। सोमवार कोलकाता सहित सम्पूर्ण बङ्गालमा घना वर्षासितै तीव्र हावा चल्ने हुनाले अरेञ्ज अलर्ट जारी गरिएको छ।

आगामी मङ्गलवार पनि हल्का वर्षा तथा तीव्र हावाको सिलसिला जारी रहनसक्छ। मौसम विभागानुसार आगामी बिहीवारसम्मै राज्यका धेरै वटा भागहरूमा रोकिँदै पानी परिरहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali