Dailyhunt
दार्जिलिङका नवनिर्वाचित विधायक नोमन राईलाई गोरामुमो केन्द्रिय कार्यालयमा भव्य स्वागत

दार्जिलिङका नवनिर्वाचित विधायक नोमन राईलाई गोरामुमो केन्द्रिय कार्यालयमा भव्य स्वागत

दार्जिलिङ, 06 मई (हि.स.)। विधानसभा चुनाउमा विजयी बनेका नोमन राई आज गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) को केन्द्रिय कार्यालय, दार्जिलिङ पुगे। यस अवसरमा गोरामुमो अध्यक्ष मन घिसिङले नवनिर्वाचित विधायक नोमन राईलाई खदा लगाइदिएर भव्य स्वागत गरे साथै हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

भेटघाटका क्रममा अध्यक्ष मन घिसिङले राईको जितलाई जनताको विश्वास, परिवर्तनप्रतिको आशा तथा क्षेत्रीय विकासप्रतिको जनसमर्थनको प्रतिफलका रूपमा व्याख्या गरे। उनले जनअपेक्षा अनुरूप इमानदार, उत्तरदायी र विकासमुखी नेतृत्व प्रदान गर्नु पर्नेमा जोड दिए।

नवनिर्वाचित विधायक नोमन राईले गोरामुमो केन्द्रिय कार्यालयमा आफुलाई प्रदान गरिएको आत्मीय स्वागतप्रति आभार व्यक्त गर्दै जनताको विश्वासलाई सम्मान गर्ने र दार्जिलिङ क्षेत्रको समग्र विकास, जनसरोकारका विषय र स्थायी राजनीतिक समाधानका निम्ति प्रतिबद्ध भएर कार्य गर्ने बताए।

भेटघाटका क्रममा समसामयिक राजनीतिक विषय, क्षेत्रीय जनसमस्या, विकासका प्राथमिकता तथा दार्जीलिङ पहाडको भावी राजनीतिक दिशाबारे समेत सकारात्मक छलफल भएको बताइएको छ।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali