Dailyhunt

दार्जीलिङमा माउन्टेन रेलवे समन्वय समितिको बैठक, हेरिटेज संरक्षण तथा आधुनिकतामाथि बल दिइयो

दार्जीलिङ, 01 मई (हि. स.)। भारतको प्रतिष्ठित इञ्जीनियरिङ्ग धरोहरलाई वैश्विक स्तरमा संरक्षित राख्ने उद्देश्यले दार्जीलिङ माउन्टेन रेलवे कोअर्डिनेशन कमिटीको वर्ष 2026- को त्रैमासिक बैठक शुक्रवार सम्पन्न भयो।

यस सम्मेलनको आतिथ्य दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-ले गरेको थियो।

बैठकमा आधुनिक रेल सेवा औ धरोहर संरक्षणबीच सन्तुलन कायम राख्ने विषयमा विस्तृत चर्चा भयो। रेलवे बोर्डका एग्जीक्यूटिभ डाइरेक्टर (हेरिटेज)- को अध्यक्षतामा आयोजित यस उच्चस्तरीय सम्मेलनमा देशका सबै प्रमुख पर्वतीय रेल नेटवर्कका वरिष्ठ अधिकारीगण सामेल भए।

यस अवधि नीलगिरी माउन्टेन रेलवे, कालका-शिमला रेलवे, माथेरान हिल रेलवे औ काङ्गड़ा भ्याली रेलवेका प्रतिनिधिहरूले भाग लिएर पार्वतीय रेलको भविष्यमाथि आफ्नो विचार साझा गरे।

डीएचआरका डाइरेक्टर ऋषभ चौधुरीले बताए, बैठकको मुख्य उद्देश्य हिमाली क्षेत्रा रेल स़ञ्चालसित सम्बन्धित चुनौतीहरूको समाधान खोज्दै एक ससक्त तथा एकीकृत संरक्षण ढाँचा तयार गर्नु हो। अधिकारीहरूले यस कुरामाथि सहमति व्यक्त गरे, दीर्घकालिक स्थिरताको लागि धरोहर संरक्षणसँगसँगै नवाचार अनि समन्वित रणनीति अत्यन्त आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali