Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

दाँतनमा राहुल सिन्हाको उपस्थितिमा भव्य सामाजिक कार्यक्रम सम्पन्न

श्चिम मेदिनीपुर, 28 मई (हि. स.)। दाँतन मानव कल्याण केन्द्रका सचिव शुभाशिष मेईकापको आमन्त्रणमा बिहीवार सरदामयी अतिथिनिवासको शुभ उद्घाटन, मोटरचालित ट्राई-साइकल तथा दशौं र बाह्रौं कक्षाका मेधावी विद्यार्थीहरूलाई सम्मान गर्नको निम्ति सम्मान समारोह आयोजना गरियो।

यस अवसरमा मुख्य अतिथि एवं उद्घाटकको रूपमा राहुल सिन्हा उपस्थित थिए। कार्यक्रममा केशियाड़ीका विधायक भद्र हेम्ब्रम सहित अमिय किस्कु तथा चारुचन्द्र महाविद्यालयका प्राध्यापक डा. विमल शङ्कर नन्द विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राहुल सिन्हाले भने, आज समाजसेवा र शिक्षाको क्षेत्रमा यस्तो प्रयासले नै वास्तविक विकास र सशक्त समाजको बलियो जग बसाल्छ।

यस इवसरनी सारदामयी अतिथि निवासको उद्घाटन गर्नको साथै आवश्यकतामा रहेका मानिसहरूलाई मोटरचालित ट्राई-साइकल वितरण गरियो भने शिक्षाको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने मेधावी विद्यार्थीहरूलाई सम्मानित गरी उनीहरूको मनोबल बढ़ाइयो।

भद्र हेम्ब्रमले आफ्नो सम्बोधनमा भने, यस किसिमको सामाजिक पहलले समाजका कमजोर वर्गलाई सशक्त बनाउनको साथै शिक्षा अनि सेवाका मूल्यहरूलाई पनि मजबुत बनाउँछ। कार्यक्रमको समापन धन्यवाद ज्ञापनबाट गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali