Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

दुर्गापुरमा पूर्व बोरो चेयरम्यान रामाप्रसाद हालदार पक्राउ, अदालत परिसरमा भाजपाको व्यापक प्रदर्शन

श्चिम बर्दवान, 03 जून (हि. स.)। दुर्गापुर नगरनिगमा पूर्व बोरो चेयरम्यान एवं पूर्व पार्षद रामाप्रसाद हालदारलाई पुलिसले पक्राउ गऱ्यो। उनीमाथि अवैध असुली, राजनीतिक अफवाह फैलाएको, विरोधी कार्यकर्ताहरूमाथि कुटपिट गरेको तथा चुनाउ अवधि मतदाताहरूलाई प्रभावित पारेको जस्ता गम्भीर आरोपहरू लगाइएको छ।

पुलिस सूत्र अनुसार रामाप्रसाद हालदारविरूद्ध वर्ष 2021- को विधानसभा चुनाउसित सम्बन्धित धेरै वटा मामिलाहरूको जाँच भइरहेको थियो। आरोप छ, चुनाउअघि र पछि पनि उनले आफ्नो प्रभावलाई उपयोग गरी मानिसहरूलाई डर देखाउने, धम्क्याउने, विरोधी राजनीतिक दलका काकर्यकर्ताहरूमाथि दबाव दिने तता अवैध धन असुली जस्ता गतिविधिहरूलाई परिणाम दिे।

बुधवार पुलिसलाई सूचना प्राप्त भयो, रामाप्रसाद हालदार बर्दवान तिरबाट बुदबुद तर्फ आइरहेका छन्। सूचनाको आधारमा पुलिसले अभियान सञ्चालन गरी उनलाई हिरासतमा लियो अनि पछि पक्राउ गऱ्यो।

रामाप्रसाद हालदार दुर्गापुर नगरनिगमको बोरो नम्बर-2 का निवर्तमान चेयरम्यान रहिसकेका छन्। साथै उनी वार्ड नम्बर 20 का पार्षद पनि थिए। स्थानीय राजनीतिमा उनलाई तृणमूल कङ्ग्रेसका प्रभावशाली नेताहरूमा गनिन्थ्यो। पक्राउपछि उनलाई दुर्गापुर महकुमा अदालतमा पेश गरियो। पुलिसले अग्रिम जाँचको लागि अदालतसित उनलाई हिरासतमा लिने निवेदन गरेको छ।

अदालत परिसरमा ठूलो सङ्ख्यामा भेला भएका भाजपा कार्यकर्ता तथा समर्थकहरूले रामाप्रसाद हालदारको विरोधमा नाराबाजी गरे। चोर-चोर -को नारले सम्पूर्ण अदालत परिसर गुञ्जयमान भयो भने केही प्रदर्शनकारीहरूलाई उनीमाथि जुत्ता-चप्पलले हमला गरेको पनि देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali