-मुस्लिम लीगसित गरे कङ्ग्रेसको तुलना
गुवाहाटी, 05 मई (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रन्ट (एआईयीडीएफ) का अध्यक्ष मौलाना बदरुद्दीन अजमल आफ्नो पार्टीको हारदेखि रूष्ट भएका छन्।
आफ्नो रूष्टता व्यक्त गर्दै उनले भने, असमबाट कङ्ग्रेस पार्टीले आफ्नो राजनीतिक धरातल गुमाइसकेको छ। उनले अब कङ्ग्रेस मुस्लिम लीग जस्तो पार्टीमा परिणत भएको कुरा समेत गरे। बितेको राती मतगणना भइरहँदा राजनीतिक घटनाक्रममाथि सञ्चार माध्यमसित बातचित गर्दै अजमलले कङ्ग्रेसमाथि चर्को प्रहार गरे।
राज्यमा परिवर्तनशील चुनावी माहोलबीच एउटा कड़ा बयान दिँदै अजमलले भने, असममा कङ्ग्रेस सिद्धिसकेको छ। कङ्ग्रेस मुस्लिम लीग भएको छ। यसबीच बदरुद्दीन अजमलले नवगठित बिन्नाकान्डी निर्वाचन क्षेत्रबाट जीत हासिल गरी राज्यको राजनीतिमा फर्केका छन्। तथापि उनको पार्टीले असम विधानसभा चुनाउमा अहिलेसम्मकै सबैभन्दा खराब प्रदर्शन गऱ्यो, पार्टीलाई मात्र दुई वटा सीट प्राप्त भएको छ।
अजमलले असम जातीय परिषदका रेजाउल करिम चौधरीलाई 35,380 भोटले परास्त गरे। अजमललाई 1,19,721 भोट प्राप्त भयो भने चौधरीलाई 84,341 भोट। विपक्षी उम्मेदवारलाई एक संयुक्त गठबन्धनको समर्थन प्राप्त थियो। सत्ताधारी गठबन्धनले असम गण परिषदका शहाबुद्दीन मजुमदारलाई मैदानमा उतारेको थियो जसले 20,955 भोट प्राप्त गरेर तेस्रो स्थान हासिल गरे।
यो जीत 2024 सालको लोकसभा चुनाउमा परास्त भएपछि अजमल राज्यको राजनीतिमा फर्केको प्रतीक हो। लोकसभा चुनाउमा उनलाई धुबड़ीसीटबाट कङ्ग्रेस नेता रकिबुल हुसैनबाट हारको सामना गर्न परेको थियो। त्यस हारअघि अजमलले लगातार तीन वटा कार्यकालसम्म संसदमा धुबड़ीको प्रतिनिधित्व गर्दै आएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
