इटानगर, 06 मई (हि.स.)। अरुणाचल प्रदेश कङ्ग्रेस कमिटी (एपीसीसी)-ले राज्य सरकारसित अरुणाचल प्रदेशमा कमन यूनिभर्सिटी एन्ट्रेन्स टेस्ट (सीयूईटी)-को निमति परीक्षा केन्द्रहरूको व्यवस्था गर्ने आग्रह गरेको छ।
एपीसीसीले आफ्नो चिन्ता व्यक्त गर्दै भनेको छ, अरूणाचल प्रदेशमा सीयूईटी परीक्षा केन्द्रहरूको सीमित उपलबध्ता एक गम्भीर चिन्ताको विषय भएको छ जसबाट राज्यभरिका विद्यार्थीहरूलाई महत्वपूर्अण चुनौतीहरूको सामना गर्न परिरहेको छ। यस महत्वपूर्ण राष्ट्रिय स्तरको परीक्षासम्म सबैको समान पहुँच सुनिश्चित गर्नको लागि तत्काल हस्तक्षेप गर्न आवश्यक छ।
राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)- द्वारा आयोजित सीयूईटी, भारतभरिका केन्द्रिय विश्वविद्याल औ प्रमुख उच्च शिक्षण संस्थानहरूमा प्रवेश पाउने एक प्रमुख माध्यम भएको छ। अरूणाचल प्रदेशका युवाहरूको लागि यो उच्च शिक्षा, करियर उन्नति तथा सामाजिक-आर्थिक प्रगतिको एक महत्वपूर्ण अवसर हो। तथापि राज्यमा परीक्षा केन्द्रहरूको अपर्याप्त सङ्ख्याले योग्य विद्यार्थीहरूको लागि अनावश्यक बाधा उत्पन्न गरिदिएको छ।
वर्तमानमा अधिकांश सीयूईटी केन्द्रहरू राजधानी क्षेत्र र यस वरपर मात्र केन्द्रित छन् जसबाट तवाङ्ग, अन्जोओ, लोङ्गडिङ्ग, तिरप, अपर सियाङ्ग औ अन्य सुदूरवर्ती जिल्लाहरूका विद्यार्थीहरूलाई नोक्सान खेप्नु परिरहेको छ। परिणामस्वरूप ठूलो संख्यामा विद्यार्थीहरूलाई परीक्षा दिनको लागि छिमेकी राज्य असम जानुपर्छ। यस्तो स्थितिले गर्दा विद्यार्थीहरू तथा उनीहरूको परिवारहरूलाई धेरै वटा कठिनाईहरूको सामना गर्नुपर्छ। एपीसीसीले भनेको छ, भौगोलिक चुनौतीहरू गम्भीर छन्, किनभने विद्यार्थीहरूलाई कठिन भू-भाग तथा अनिश्चित मौसमको स्थितिमा लामो दूरत्व तय गर्नुपर्छ।
यात्रा, आवास औ सम्बन्धित खर्चहरूको कारणले आर्थिक बोझ बढ़्छ जसले गर्दा विशेष गरी आर्थिक रूपमा कमजोर वर्ग प्रभावित हुन्छ। मानसिक तथा शारीरिक तनाउ जसले अत्यधिक प्रतिस्पर्थी परीक्षामा विद्यार्थीहरूको प्रदर्शनमाथि नकारात्मक प्रभाव पार्छ। त्यसैले अरुणाचल प्रदेशमा पर्याप्त सीयूईटी केन्द्रहरूको स्थापनाले क्रान्तिकारी लाभ प्राप्त हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
