दक्षिण दिनाजपुर, 04 मई (हि.स.)। जिल्लाको गङ्गारामपुरमा मतगणनाको दिन राजनीतिक हिंसा भएको थाहा लागेको छ जसले गर्दा सम्पूर्ण क्षेत्रमा तनाउ फैलिएको छ।
महाराजपुर क्षेत्रमा एकजना तृणमूल कङ्ग्रेस (टीएमसी) नेतामाथि धारिलो हतियारले प्रहार गरिएको आरोप भारतीय जनता पार्टी (बीजेपी) कार्यकर्ताहरूमाथि लागेको छ।
घाइते नेताको पहिचान परेश बसाकको रूपमा भएको छ जो बेलबाड़ी दुई ग्राम पञ्चायत क्षेत्रका स्थानीय तृणमूल नेता हुन्।
स्थानीय सूत्र अनुसार मतगणना अवधि केही युवकहरूले उनीमाथि हमला गरे अनि शिरमा प्रहार गरेर उनलाई गम्भीर रूपमा घाइते बनाइदिए। त्यसपछि उनलाई तुरून्तै गङ्गारामपुर सुपर स्पेशियलिटी अस्पतालमी भर्ती गरियो जहाँ तिनी उपचाराधिन छन्।
तृणमूल कङ्ग्रेसले आरोप लगाएको छ, बीजेपी समर्थित मानिसहरूले यो हमला गरेका हुन् जबकि बीजेपीले उक्त आरोपलाई पूर्ण रूपले खारेज गरिदिएकोछ।
यस मामिलामा गङ्गारामपुरबाट टीएमसी उम्मेद्वार गौतम दासले भने, यस किसिमको घटना एकदमै उचित छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
