पश्चिम मेदिनीपुर, 01 जून (हि.स.)। जिल्लाको घाटाल थाना क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो भने उसको साथी घाइते भए। मृतकको नाम प्रलयन चौधरी (25) हो। घाइते युवकको नाम मोहन टुडू रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार घाटाल थाना अन्तर्गत महाराजपुर निवासी प्रलयन चौधरी (25) सोमवार बिहान आफ्नो साथी मोहन टुडूसित बाइक मार्फत घर फर्किरहेका छिए। यसै क्रममा नवग्राम क्षेत्रमा पुगेपछि बाइक अचानक अनियन्त्रित भएर सड़क किनारमा बनाइएको रेलिङ्गसित ठोक्कियो। यस भयानक ठक्करपछि दुवैै युवक गम्भीर रूपमा घाइते भए जसलाई स्थानीय मानिसहरूको सहयोगमा हतार-हतार घाटाल सुपर स्पेशियलिटी अस्पतालमा लगियो। अस्पतालमा पुगेपछि चिकित्सकहरूले प्रलयन चौधरीलाई मृत घोषित गरिदिए भनेमोहन टुडूको उपचार भइरहेको छ।
सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले दुर्घटनाग्रस्त बाइकलाई आफ्नो कब्जामा लियो। सोमवार शवलाई पोस्टमर्टम गरेपछि परिवारलाई सुमपिइयो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
