Dailyhunt

गोपाल चन्द्र साहाको ठूलो जीत, उत्साहमा डुबे कार्यकर्ता

मालदा, 05 मई (हि.स.)। मालदा विधानसभा सीटमा फेरि एक पटक कमल फुलेको छ। गोपाल चन्द्र साहाले लगातार दोस्रो पटक जीत दर्ता गर्दै 50 हजारभन्दा अधिक भोटको अन्तरले जीत हासिल गरे।

यस जीतपछि भारतीय जनता पार्टी (भाजपा) का कार्यकर्ता अनि समर्थकहरूमा व्यापक उत्साह देखिएको छ।

मङ्गलवार बिहानदेखिकै नवनिर्वाचित विधायकको आवासमा बधाई दिनेहरूको भीड़ उर्लियो। फूलमालाले उनलाई स्वागत गरियो अनि मिठाई बाँड़ेर खुशी मनाइयो।

उत्साहको माहोल उनको घरसम्म मात्र सीमित रहेन। अपरान्हपचि पुरातन मालदाको आठ माइल स्ट्याण्ड क्षेत्रमा एक विशाल विजय जुलूस निकालियो जसमा विधायक स्वयं पनि सामेल भए।

स्थानीय नेता तथा सयकड़ौं समर्थकहरूको उपस्थितिमा जुलूसले क्षेत्रका प्रमुख मार्गहरूको परिक्रमण गऱ्यो। "जय श्री राम"- को नारा र रङ्ग-अबीरहरूले सम्पूर्ण माहोल उत्सवमा परिणत भयो।

आफ्नो जीतलाई लिएर प्रतिक्रिया व्यक्त गर्दै गोपाल चन्द्र साहाले यसलाई "सनातनको जीत" बताएका छन्। उनले यस सफलताको श्रेय आप्ना कार्यकर्ता तथा केन्द्रिय नेतृत्वलाई दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali