Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

हरिश्चन्द्रपुरमा भाजपा नेतामाथि हमला, अस्पतालमा भर्ती

मालदा, 29 मई (हि. स.)। जिल्लाको हरिश्चन्द्रपुरमा एकजना भाजपा नेतामाथि हमला भएको मामिला प्रकाशमा आएको छ। गए बिहीवार राती एउटा रेस्तोराँमा खाना खाँदै गर्दा केही मानिसहरूले भाजपा नेता रूपेश अग्रवाललाई गलहत्याएर बाहिर निकाली कुटपिट गरे।

आरोप छ, यस हमलामा उनको टाउकोमा चोट लागेको छ। रूपेश अग्रवाल भाजपाको मालदा उत्तर जिल्लाका सचिव हुन्। हमलापछि उनलाई पहिला हरिश्चन्द्रपुर अस्पताल, त्यसपछि उन्नत उपचारको निम्ति मालदा मेडिकल कलेज एवं अस्पतालमा पठाइयो।

शुक्रवार स्थानीय सूत्रबाट प्राप्त जानकारी अनुसार विधानसभा चुनाउ आउनअघि तृणमूल छोड़ेर भाजपामा सामेल भएका केही नेता तथा तृणमूलको एउटा गुटका मानिसहरूले अग्रवालमाथि हमला गरेको आरोप लगाइएको छ।

भाजपा सूत्र अनुसार चुनाउ हुन्घि तृणमूलका केही नेताहरू भाजपामा सामेल भएका थिए। यी नेताहरूले वर्तमानमा कतिपय मानिसहरूलाई भाजपामा ल्याउने प्रयास गरिरहेका थिए जसको रूपेश अग्रवालले विरोध गरेका थिए। त्यसैले गर्दा तिनीमाछि हमला गरिएको हो। पुलिस मामिलाको जाँचमा जुटिसकेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali