Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

हात्तीको हमलामा व्यक्तिको मृत्यु, नगाउँमा मानव-हात्ती सङ्घर्ष बढ़्दो

गाउँ (असम), 2 मई (हि.स.)। जिल्लाको कामपुर क्षेत्रमा गए राती जङ्गली हात्तीहरूको हमलामा परी एकजना व्यक्तिको मृत्यु भयो। मृतकको पहिचान सञ्जय दास (38)-को रूपमा भएको छ जो दक्षिणजर चिया बगान क्षेत्रका निवासी थिए।

प्राप्त जानकारी अनुसार घटना गए शुक्रवार अबेर राती लगभग 1:30 बजे बरपथार सब-बीट अन्तर्गत भीतर कलोनी क्षेत्रमा भएको हो। भनिन्छ, दुई वटा हात्ती धँसिला पहाड़बाट भौंतारेर आवासीय क्षेत्रमा पसेका थिए जसलाई सञ्जय दास सहित केही मानिसहरूले लखेट्ने चेष्टा गरिरहेका थिए। यसै अवधि अर्को दिशाबाट आएका मानिसहरूले पनि हात्तीहरूलाई लखेटिरहेका थिए जसले गर्दा सञ्जय दासले हात्तीहरूको गतिविधि बारे थाहा पाुन सकेनन्। फलस्वरूप तिनी हमलाको शिकार भए।

सूचना पाएर वन विभागको टीम घटनास्थलमा पुग्दा-नपुग्दा सञ्जयको मृत्यु भइसकेको थियो। घटनास्थलमा बरपानी आरक्षित वन क्षेत्रदेखि बाहिर रहेको बताइएको छ।

मृतकको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। स्थानीय मानिसहरूले यस घटनालाई लिएर खासै प्रतिक्रिया व्यक्त गरेनन्, किनभने नगाउँ जिल्लामा मानव-हात्ती सङ्घर्षका घटनाहरू लगातार बढ़िरहेका छन्। मानिसहरूको भनाइ छ, यदि सम्बन्धित विभागद्वारा समयमै ठोस कदम नउठाइए भविष्यमा गम्भीर परिणाम हुनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali