Dailyhunt

ईभीेएममा गड़बड़ीको आरोप. तृणमूल उम्मेद्वारहरूको अदालत जाने चेताउनी

कोलकाता, 04 मई (हि. स.)। पश्चिम बङ्गालको राजनीतिमा ठूलो परिवर्तन आउने सम्भावनाबीच तृणमूल कङ्ग्रेसका उम्मेद्वारहरूले ईभीएममा कथित गड़बड़ी भएको आरोप लगाउँदै अदालत जाने चेताउनी दिएका छन्।

हल्दिया र रामनगरबाट तृणमूल उम्मेद्वारहरूले दाबी गरेका छन्, मतदान मशिनमा छेड़छाड़ भएको छ।

तथापि तृणमूल उम्मेद्वार तापसी मण्डलले आरोप लगाइन्, मतदानपछि पनि ईभीएमको ब्याटरी 90 प्रतिशतभन्दा अधिक चार्ज देखाइरहेको छ जुन सामान्य होइन। उनको भनाइ छ, बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान भएपछि मशिनको ब्याटरी यति धेरै बच्नसक्दैन। उनले दाबी गरिन्, यसबाट स्पष्ट हुन्छ कि ईभीएमलाई पहिलाबाटै "सेट" गरिएको थियो र सम्पूर्ण मामिलामा गड़बड़ी भएको थियो।

तापसी मण्डलले भनिन्, यस सम्बन्धमा भारत निर्वाचन आयोगसित सिकायत गरिएको थियो, तर कुनै कारबाही भएन। उनले भनिन्, अब जनताको जनादेशलाई फिर्ता पाउनको लागि उनीहरू अदालत जानेछन् अनि न्यायिक जाँचको माग गर्नेछन्।

यसरी नै रामनगरबाट तृणमूल उम्मेद्वार अखिल गिरीले पनि ईभीएममा गड़बड़ी भएको आरोप लगाए। उनले भने, गत 23 अप्रेलको दिन मतदान भए पनि मशिनहरूमा 92 प्रतिशत सम्म चार्ज कसरी बच्नसक्छ। उनले आरोप लगाए, रिटर्निङ्ग अधिकारीलाई सिकायत गर्दा पनि कुनै कारबाही गरिएन।

अखिल गिरी मतगणना भइरहेको समयमा बीचैमा बाहिरिए अनि विरोधस्वरूप धरनामा बसे। उनले पनि चेताउनी दिए, यदि उचित कारबाही भएन भने उनले यस मामिलामा अदालतको ढोका ढक्ढकाउनेछन्।

तथापि यो समाचार लेखुञ्जेलसम्म ईभीएममा गड़बड़ीको आरोपलाई लिएर निर्वाचन आयोगको पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया सामु आएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali