झाड़ग्राम, 06 मई (हि. स.)। झाड़ग्राम विधानसभा क्षेत्रका विधायक लक्ष्मीकान्त साउले बुधवार झाड़ग्राम मेडिकल कलेज एवं अस्पतालको दौड़ाह गरी त्यहाँका स्वास्थ्य सेवा तथा व्यवस्थाहरूको जायजा लिए।
यस अवधि विधायकले अस्पतालको एमएसवीपी पारितोष पाखिरासित बैठक गरी रोगीहरूलाई उपलब्ध सुविधा, सर-सफाई, चिकित्सा व्यवस्था तथा आधारभूत ढाँचालाई लिएर विस्तार पूर्वक चर्चा गरे। हालैैमा प्राप्त भएका अस्पतालसित सम्बन्धित सिकायतहरूको बारेमा उनले अधिकारीहरूलाई जानकारी गराए।
विधायक अस्पतालको सर्जिकल वार्डमा पनि पुगे। त्यहाँ उनले हालैमा सड़क दुर्घटनामा ज्यान गुमाउने लोधाशुलीका भाजपा कार्यकर्ता महेन्द्र महतोको परिवारसित भेट गरे। उनले मृतकका पुत्रसित बातचित गर्दै संवेदना व्यक्त गरे अनि परिवारलाई हरसम्भव मद्दत गर्ने आश्वासन दिए।
लक्ष्मीकान्त साउले भने, चुनाउको बेलामा उनले जनतासित उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने वाचा गरेका थिए जसलाई पूरा गर्नको लागि लगातार प्रयास गरिँदैछ। उनले अस्पतालको सर-सफाई, डाक्टरहरूको समयमा उपस्थिति, रोगीहरूलाई गुणस्तरीय भोजन तथा उत्कृष्ट चिकित्सा सुविधा सुनिश्चित गर्नेमाथि बल दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
