Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

जिल्ला प्रशासनले गऱ्यो चुनाउपछि शान्ति कायम राख्ने अपील

कोलकाता, 06 मई (हि.स.)। जिल्लामा शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको चुनाउपछि अब प्रशासनको प्राथमिकता पोस्ट पोल अवधि पनि पूर्ण रूपले शान्ति कायम राख्नु हो। पश्चिम बर्दवान जिल्ला मुख्यालयमा बुधवार सम्पन्न प्रशासनिक बैठकमा जिल्लाधिकारी एस, पोन्नमबलमले उक्त मन्तव्य राखे।

पश्चिम बर्दवान जिल्लाधिकारी एस. पोन्नमबलमले प्रष्ट पारे, चुनाउ जसरी शान्तिपूर्ण तथा अनुशासनको साथमा सम्पन्न भयो, त्यस्तै माहोल आगामी दिनमा पनि कायम राख्न आवश्यक छ। उनले बताए, सरकार तथा निर्वाचन आयोगको स्पष्ट निर्देश छ, कुनै पनि प्रकारको हिंसालाई सहन गिरने छैन। जीरो टलरेन्सको नीति अन्तर्गत कड़ा कारबाही गरिनेछ।

पुलिस आयुक्त डा. प्रवण कुमारले पनि कड़ा सन्देश दिँदै भने, कुनै पनि प्रकारको तोड़फोड़, उपद्रव वा अव्यवस्थालाई कुनै पनि स्थितिमा सहन गरिनेछैन। उनले जानकारी गराए, पछिल्लो दुई दिनमा दुई सयभन्दा अधिक मानिसहरूलाई पक्राउ गरिएको छ भने अग्रिम कारबाही लगातार जारी रहनेछ।

पुलिस आयुक्त डॉ प्रणव कुमार ने बताया कि सुरक्षा व्यवस्था को मजबूत करने के लिए संयुक्त कंट्रोल रूम स्थापित किया गया है, जहां सीआरपीएफ के प्रतिनिधि भी तैनात हैं। जिला फोर्स कोऑर्डिनेटर सुनील कुमार सिंह और जॉइंट कोऑर्डिनेटर खुद पूरे सिस्टम की निगरानी कर रहे हैं। किसी भी प्रकार की समस्या या शिकायत के लिए नागरिक 100 और 112 नंबर पर संपर्क कर सकते हैं या नजदीकी थाने में सूचना दे सकते हैं।

डिस्ट्रिक्ट फोर्स अफिसर (कोअर्डिनेटर) सुशिल कुमार सिंहले भने, जसरी निष्पक्ष र शान्तिपूर्ण रूपमा चुनाउ सम्पन्न भयो, त्यसरी नै सबैले मिलेर शान्ति अनि व्यवस्थालाई कायम राख्नुपर्छ। उनले मानिसहरूसित अपील गर्दै भने, अफवाहदेखि टाड़ा बसौं, कानून व्यवस्थालाई कायम राख्नमा प्रशासनलाई सहयोग गरौं।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali