कोलकाता, 01 जून (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी सोमवार सीआईडीले समन जारी गरेको भए पनि जाँचबुझको लागि भवानी भवनमा उपस्थित भएनन्। पार्टी तथा पुलिसि सूत्रानुसार अभिषेकले सीआईडीलाई पत्राचार गरी अस्वस्थताको कारणले आफू उपस्थित हुन नसकेको बताएका छन्।
उनलाई हस्ताक्षर विवादसित सम्बन्धित एउटा मामिलामा सोमार अपरान्ह 12 बजे भवानी भवनस्थित सीआईडी मुख्यालयमा बोलाइएको थियो।
अभिषेकको निकटवर्ती सूत्रले दाबी गरेको छ, उनी अहिले पनि स्वास्थ्य सम्बन्धि समस्याहरूसित जुझिरहेका छन्। भनिन्छ, उनको दाहिने गिजा, गर्दन र छात्तीको वरपर दुःखाई कम भएको छैन जसले गर्दा उनले जाँच अधिकारीहरू समक्ष उपस्थित हुनमा असमर्तता व्यक्त गरेका छन्। हाल उनले आफ्नो आवासमा आरम गरिरहेका छन्।
स्मरण गराइन्छ, गत शनिवार चुनाउपछि भएका हिंसाबाट प्रभावित मानिसहरूसित भेट गर्ने क्रममा अभिषेक ब्यानर्जी स्वयं हमलाको शिकार भएका थिए। घटनापछि उनलाई पहिला ईएम बाइपासस्थित एक निजी अस्पतालमा लगिएको थियो भने पछि त्यहाँ उचित उपचार नभएको आरोप लगाउँदै उनलाई मिन्टो पार्कस्थित दोस्रो निजी अस्पतालमा स्थानान्तरण गरियो। चिकित्सकहरूले भनेका थिए, उनको अवस्था अस्पतालमा भर्ती गर्ने जस्तो गम्भीर छैन। उनलाई घरमै आराम गर्ने सल्लाह दिइएको थियो।
यो सम्पूर्ण मामिला विधानसभामा विपक्षका नेता, उपनेता औ मुख्य सचेतकको नियुक्तिसित जोड़िएको कथित हस्ताक्षर विवादसित सम्बन्धित छ। विधानसभा चुनाउको परिणाम सार्वजनिक भएपछि गत 6 मईमा ममता ब्यानर्जीले कालीघाटस्थित आफ्नो आवासमा निर्वाचित विधायकहरूको बैठक डाकेकी थिइन्। यस बैठकमा विधायकहरूले प्रस्ताव पारित गरी विपक्षका नेता, उपनेता तथामुख्य सचेतक चयन गर्ने अधिकारी पार्टी नेतृत्वलाई सुम्पिएका थिए।
तृणमूल कङ्ग्रेसको पक्षबाट शोभनदेव चट्टोपाध्यायलाई विपक्षका नेता, नयना बन्द्योपाध्याय र असिमा पात्रलाई उपनेता तथा फिरहाद हाकिमलाई मुख्य सचेतक नियुक्त गरिएको जानकारी दिइयो। यस सम्बन्धमा पार्टीको पक्षबाट अभिषेक ब्यानर्जीको हस्ताक्षरयुक्त एउटा पत्र विधआनसभामा पठाइएको थियो, तर त्यसलाई स्वीकार गरिएन।
यसै हस्ताक्षर सम्बन्धि विवादको जाँचको सिलसिलामा सीआईडीले अभिषेक ब्यानर्जीलाई जाँचबुझको लागि समन जारीगरेको थियो। अब उनी अनुपस्थित रहेपछि जाँच एजेन्सीको अघिल्लो कदममाथि सबैको नजर अड़िएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
