Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

जोरहाटमा डरलाग्दो डकेटीको मामिला, एक्लो वृद्धालाई हतियार देखाएर लुटियो

जोरहाट (असम), 03 जून (हि.स.)। असमको जोरहाट जिल्लाको ज्योतिपुर कलाखोवा क्षेत्रमा भएको भयानक डकेटीको घटनाले सम्पूर्ण क्षेत्रमा चिन्ता व्याप्त भएको छ। बितेको राती डाँकाहरूले एक्लै रहेकी वृद्ध महिला रूबी पात्रलाई हतियार देखाएर उनको घरमा लुपटाट गरे।

जानकारी अनुसार घटना हुँदा रूबी पात्र घरमा एक्लै थिइन्। यसै अवधि केही उपद्रवीहरूले घरमा पसेर उनलाई हतियार देखाउँदै धम्क्याए। आरोप छ, डाँकाहरूले महिलाको गर्दनमा धारिलो हतियार राखेर उनलाई डर देखाए अनि घरमा राखिएको नगद तथा सुनका गहनाहरू लुटेर भागे।

घटनापछि क्षेत्रको माहोल सन्त्राषपूर्ण भएको छ। विशेष गरी घरमा एक्लै बस्ने बुजुर्गहरूको सुरक्षालाई लिएरस्थानीय मानिसहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्।

सूचना पाउनसाथ पुलिसले मामिलाको जाँच शुरू गरेको छ। पुलिसले अपराधीहरूलाई चिन्हित गरी पक्राउ गर्ने प्रयासमा जुटेको छ। स्थानीय मानिसहरूले क्षेत्रको सुरक्षा व्यवस्थालाई सशक्त बनाउने माग गरेका छन् ताकि भविष्यमा यस किसिमका घटनाहरूको पुनरावृत्ति नहोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali