Dailyhunt

कङ्ग्रेसको रणनीतिबाट विपक्ष बर्बादः अखिल गोगोई

गुवाहाटी, 06 मई (हि.स.)। राइजर दलका अध्यक्ष अखिल गोगोईले विधानसभा चुनाउको परिणाम सार्वजनिक भएको 48 घण्टाभित्रमा कङ्ग्रेस नेतृत्वमाथि धारिलो प्रहार गरे । उनले आरोप लगाए, कङ्ग्रेसको रणनीतिको कारणले राज्यमा विपक्ष कमजोर भएको छ र जनताबीच उसको पकड़ कमजोर भएको छ।

मीडियासित बातचित गर्दै गोगोईले भने, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा सोझै जनतामाझ पुगेर सम्वाद गर्दछन् जबकि विपक्षी नेता धरातलीय स्तरमा सक्रिय छैनन्। उनले कङ्ग्रेस सांसद गौरव गोगोईलाई लक्षित गर्दै भने, उनको

"अभिजात्य शैली" -को राजनीतिक व्यवहारले उनलाई जनसाधारणदेखि टाड़ा बनाइरहेको छ।

गोगोईले यो पनि आरोप लगाए, पाकिस्तानसित सम्बन्ध रहेको कारणले गौरव गोगोई मानसिक रूपमा प्रभावित भएका छन् जसबाट उनको राजनीतिक प्रभावशीलता घटेको हो। उनले कटाक्ष गर्दै भने, चुनाउमा 'तीन गोगोई' केवल नाम मात्रै साबित भयो, वास्तविक प्रभाव पार्न सकेन।

राइजर दलका अध्यक्षले भने, यदि गौरव गोगोईले यस्तै "साहबी शैली"-मा राजनीति गरिरहे उनले कहिल्यै पनि भाजपालाई चुनौती दिन सक्ने छैनन्। चुनाउ परिणाम सार्वजनिक भएको तुरून्तैपछि आएको सो बयानबाट असममा विपक्षी खेमाभित्र बढ़्दो मतभेद स्पष्ट रूपमा देखिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali