Dailyhunt
कांग्रेस उम्मेदवारको घरमा पेट्रोल बम प्रहार

कांग्रेस उम्मेदवारको घरमा पेट्रोल बम प्रहार

कार्बी आङलोङ (असम), ०५ मई (हि.स.)। कार्बी आङलोङ जिल्लाअन्तर्गत बोकाजान विधानसभा क्षेत्रका कांग्रेस उम्मेदवारको घरमा पेट्रोल बम फ्याँकिएको घटना सार्वजनिक भएको छ। यद्यपि, जनहानि भएको कुनै जानकारी प्राप्त भएको छैन।

फ्याँकिएका पेट्रोल बममध्ये केही पड्किएका छन् भने केही सुरक्षित अवस्थामा फेला परेका छन्। पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ।

बोकाजानका कांग्रेस उम्मेदवार रतन इङ्तीले मंगलबार जानकारी दिँदै गए राति आफ्नो घरलाई निशाना बनाउँदै ६ वटा पेट्रोल बमका साथै केही ज्वलनशील पदार्थ फ्याँकिएको बताए। घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको पुलिस टोलीले मंगलबार बिहान पेट्रोल बमका अवशेषसहित अन्य सामग्री बरामद गरेको छ।

यस सम्बन्धमा कांग्रेस उम्मेदवारले दर्ता गराएको उजुरीका आधारमा पुलिसले अनुसन्धान अघि बढाइरहेको छ।

कांग्रेस उम्मेदवारले यस घटनामा भाजपा समर्थकहरूको संलग्नता रहेको आरोप लगाएका छन्। तर पुलिसले भने अनुसन्धान भइरहेको र छिट्टै सत्य सार्वजनिक गरिने जनाएको छ।

उल्लेखनीय छ, बोकाजान (एसटी) विधानसभा सीटबाट भारतीय जनता पार्टीका उम्मेदवार सूर्या रोङफर विजयी भएका छन्। उनले कांग्रेस उम्मेदवार रतन इङ्तीलाई ६९,८५१ मतको ठूलो अन्तरले पराजित गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali