Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
काठमाडौंकी जीवित देवी कुमारीद्वारा तलेजु भवानीको दर्शन

काठमाडौंकी जीवित देवी कुमारीद्वारा तलेजु भवानीको दर्शन

काठमाडौं, २१ अक्टोबर (हि.स.)। काठमाडौंकी जीवित देवी कुमारीलाई काठमाडौंको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ। परम्पराअनुसार मंगलबार मध्यरातमा तान्त्रिक तथा वैदिक विधिबाट जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो।

तलेजु भवानीको दर्शनबाट शक्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

कुमारी घरका व्यवस्थापक गौतम शाक्यले रथयात्रासहित जीवित देवी कुमारीलाई सुरक्षित रूपमा कुमारी घरबाट तलेजु परिसरमा लगिएको जानकारी दिए। कुमारीलाई दर्शन गराउनका लागि देवी तलेजु भवानीलाई मन्दिरबाट बाहिर ल्याएर मूल चोकमा स्थापना गरिएको थियो।

ऐतिहासिक विवरणअनुसार, हनुमानढोका दरबारको उत्तरी दिशामा अवस्थित तीनतले प्यागोडा शैलीको मन्दिरमा विराजमान तलेजु भवानीलाई मल्ल राजाहरूले आफ्नो कुलदेवीका रूपमा स्वीकार गरेका थिए।

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali