आसनसोल, 04 मई (हि.स.)। आसनसोलमा मतगणना अवधि स्थिति तनाउपूर्ण भएको थाहा लागेको छ। आसनसोलको काउन्टिङ्ग सेन्टर निकट गोविन्दपुर क्षेत्रमा तृणमूल कङ्ग्रेसको शिविरमाथि हमला गरेको आरोप भारतीय जनता पार्टी (भाजपा)-का कार्यकर्ताहरूमाथि लगाइएको छ।
घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। घटनास्थलमा पुलिस र केन्द्रिय बलहरूलाई तैनाथ गरियो। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिस अनि केन्द्रिय बलहरूलाई लट्ठीचार्ज गर्नुपऱ्यो।
तृणमूल कङ्ग्रेसकी पार्षद श्रावणी मण्डलले आरोप लगाइन्, उनीहरूले शिविरमा बसेर मतगणना भएको हेरिरहेका थिए, यसै अवधि भाजपा कार्यकर्ताहरूले त्यहाँ आएर उनीमाथि हमला गरे। कुर्सीहरू भत्काइयो, केही मोटरसाइकलहरूमा तोड़फोड़ गरियो। यस घटनामा केही मानिसहरू घाइते भएका छन्।
तृणमूल पार्षदले केन्द्रिय बलहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै भनिन्, यति ठूलो सङ्ख्यामा सुरक्षा बललाई तैनाथ गरिएको भए पनि यस्तो घटना घट्यो। तथापि भाजपाको पक्षबाट यस मामिलामा कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन।
यसबीच आसनसोल उत्तर विधानसभा क्षेत्रबाट प्राप्त जानकारी अनुसार 6 राउण्डको मतगणनापछि तृणमूल कङ्ग्रेसका उम्मेद्वार तथा राज्यका पूर्व मन्त्री मलय घटक भाजपा उम्मेद्वार कृष्णेन्दु मुखर्जीभन्दा 16 हजार 731 भोटले अगाड़ि छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
