Dailyhunt
केन्द्रिय मन्त्री रिजिजु बागडोगरा आइपुगे, सिक्किम प्रस्थान

केन्द्रिय मन्त्री रिजिजु बागडोगरा आइपुगे, सिक्किम प्रस्थान

सिलगढ़ी, 30 अप्रेल (हि.स.)। भारत सरकारको केन्द्रिय संसदीय मामिला तथा अल्पसंख्यक कार्य मन्त्री किरेन रिजिजु विहिबार बिहान बागडोगरा हवाई अड्डा आइपुगे। उनी सिक्किमको‌ आधिकारिकका आएका हुन्।

हवाई अड्डामा केन्द्रिय मन्त्रीलाई गृह विभाग (बागडोगरा एकाई) की अतिरिक्त सचिव शर्मिष्ठा प्रधान तथा सम्पर्क अधिकृत एवं गृह निर्देशनालय (अभियोजन विभाग) का वरिष्ठ प्रशासनिक अधिकृत जिग्मी पिन्चो भोटिया लगायत अन्य अधिकारीहरूले स्वागत गरे।

रिजिजुले आफ्नो निर्धारित कार्यक्रमअनुसार सिक्किमतर्फ प्रस्थान गरेका छन्, जहाँ उनले आधिकारिक कार्यक्रमहरूमा सहभागी हुनुका साथै मङ्गन जिल्लाको स्थलगत भ्रमण पनि गर्नेछन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali