Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
केन्द्रिय मन्त्री रिजिजुले मुख्यमन्त्रीसँग गरे शिष्टाचार भेट

केन्द्रिय मन्त्री रिजिजुले मुख्यमन्त्रीसँग गरे शिष्टाचार भेट

गान्तोक, 02 मई (हि.स.)। सिक्किम भ्रमणमा रहेका केन्द्रिय संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुले शनिबार मुख्यमन्त्री प्रेमसिंह तामाङसँग शिष्टाचार भेट गरेका छन्। उनको साथमा मन्त्री साम्डुप लेप्चा र प्रसिद्ध गायक मोहित चौहान पनि सामेल थिए।

मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल प्लेटफर्ममा केन्द्रिय मन्त्री किरेन रिजिजुसँग उनको आधिकारिक निवासमा भेट भएकोमा खुशी व्यक्त गरेका छन्। यस भेट अवधि मुख्यमन्त्रीले रिजिजुको हालै मङ्गन जिल्लाको भ्रमणबारे जानकारी लिए र राज्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण विषयहरूमा सार्थक छलफल गरे। उनले‌ सिक्किम र यहाँका जनताको प्रगति, विकास र कल्याणप्रति केन्द्रिय मन्त्री रिजिजुको निरन्तर सहयोग र गहिरो चासोप्रति हार्दिक आभार व्यक्त गरेका छन्।उल्लेखनीय छ, केन्द्रिय मन्त्री किरेन रिजिजु हाल सिक्किम भ्रमणमा रहेका छन्। उनी उत्तर सिक्किमको भ्रमणपछि राजधानी फर्किआएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali