Dailyhunt
केन्द्रिय मन्त्री रिजिजुले युमथाङ भ्याली र डोङक्या ला पास भ्रमण गरे

केन्द्रिय मन्त्री रिजिजुले युमथाङ भ्याली र डोङक्या ला पास भ्रमण गरे

मङ्गन, 01 मई (हि.स.)। उत्तर सिक्किमको आधिकारिक भ्रमणमा रहेका केन्द्रिय मन्त्री किरेन रिजिजुले आज डोङक्या ला पासको भ्रमण गरे। यस अवधि उनको साथमा साम्डुप लेप्चा, जिल्लापाल अनन्त जैन, बलीवुडका प्रसिद्ध गायक मोहित चौहान लगायत जिल्ला प्रशासनका अधिकारीहरू सामेल थिए।

केन्द्रिय मन्त्रीले डोङक्या लामा भारतीय सेनाका अधिकारीहरू र जवानहरूसँग अन्तरक्रिया गरे। उनले चुनौतीपूर्ण भूभाग र प्रतिकूल मौसमको सामना गर्दै उनीहरूको राष्ट्रप्रतिको सेवाको प्रशंसा गरे। फर्कने क्रममा उनले युमथाङ भ्यालीमा प्रकृतिको मनोरम दृश्यको आनन्द उठाउॅंदै केही समय बिताए।

हिन्दुस्थान समाचार / बिशाल

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali