Dailyhunt
खरसाङको लङ्भ्यूमा श्रमिकहरूको रिले अनशनको 10 दिन पूरा, 7 मईमा बैठक

खरसाङको लङ्भ्यूमा श्रमिकहरूको रिले अनशनको 10 दिन पूरा, 7 मईमा बैठक

खरसाङ, 03 मई (हि.स.)। खरसाङको लङ्भ्यू चिया बगानका श्रमिकहरूको रिले अनशनले आज 10 दिन पूरा गरेको छ। गत 10 मार्चको दिन कलकत्तामा सम्पन्न भएको त्रिपक्षीय सम्झौता अनुसार पीएफ, ग्रेच्युटी र अन्य बकाया राशिहरू नपाएसम्म अनशन जारी रहने श्रमिकहरूको भनाइ छ।

चुनाउ सक्नसाथ लङ्भ्यू चियाबारीमा लगातार रुपमा श्रमिकहरुको अनशन जारी रहेको छ।

यसै बीच आगामी 7 मईको दिन लङभ्यू चिया बगान विषय लिएर दागापुर श्रमिक भवनमा एउटा बैठक हुने निश्चित भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एचपीईयुका कार्यकर्ता एवं अधिवक्ता अनुपा तामाङले लङ्भ्यू चियाबारीको विषयमा आगामी 7 मईको दिन सभा बोलाइएको जानकारी गराए। उनले आगामी सभामा पनि कुरा नमिले अझ बृहत् रुपमा आन्दोलन गरिने बताए।

लङ्भ्यू चियाबारीका एक 60 वर्षीय श्रमिक मदन लोहागुणले भने, हामीले पाउनुपर्ने सहुलियत नपाएपछि यसरी अनसन बस्नुपर्ने अवस्था आएको हो। अहिलेसम्म हामीलाई केवल चारपल्ट मात्र पैसा हालिदियो, जुन 90 दिनभित्रमा सबै दिनुपर्ने हो। त्यसैले हामी अनसनमा बसेका हौँ। अब हाम्रो पैसा कता गएर कोसित गएर खोज्नु पर्ने हो। उनले पहाडका राजनीतिक दलहरुलाई पनि यस समस्या समाधानको लागि एकजुट भएर काम गरिदिन निवेदन गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali